Logo
|
Thursday 28th March 2024
Logo

epaper

बिरामीले ल्याब रिपोर्टमाथि प्रश्न उठाउन पाउँछन्



डा.केयूर गौतम एमडी प्याथोलोजी अध्यक्ष सम्यक डायग्नोस्टिक प्रा.लि
डा.केयूर गौतम
एमडी प्याथोलोजी
अध्यक्ष सम्यक डायग्नोस्टिक प्रा.लि

बिरामीको रोग पहिचान गर्ने प्रारम्भिक माध्यम ल्याब हो । तर नेपालमा पछिल्लो समय ल्याबको गुणस्तर र यसको विश्वसनीयतामाथिनै प्रश्न उठेको छ । मुलुकमा गुणस्तरीय ल्याबोरेटरी सेवा अत्यावश्यक छ । हरेक ल्याबोरेटोरीले डायग्नोसिसमा गुणस्तरीय सेवा प्रदान गर्नुपर्छ । नेपालमा क्लिनिसियन चिकित्सकहरुको अध्ययन, योग्यता र क्षमता निकै राम्रो छ । तर ल्याबसँग तालमेल हुननसक्दा नेपालमा संभव भएका रगतका नमूनाहरु भारतलगायतका तेस्रो मुलुकमा गइरहेका छन् । डा. समिरमणि दिक्षितज्यूले भन्नुभएजस्तै मोलिक्युलर टेष्टहरु मार्फत हाम्रो जेनेटिक्स इन्फरमेसन्सहरु पनि बाहिर गइरहेको छ । करिब ७० प्रतिशत रोगको पहिचान डायग्नोसिसमा आधारित छ । पछिल्लो समयमा नेपालमा गुणस्तरीय ल्याबोरेटोरी सेवाको पनि विकास हुन थालेपछि आशाको किरण पलाएको छ । आज युवा पुस्ताका चिकित्सकहरु निकै लागिपरेका छन् । यसैमध्येका एक हुनुहुन्छ डा. केयूर गौतम । उहाँलगायतको टिमले हालै शुरु गरेको सम्यक डायग्नोस्टिक प्रा.लि. निकै स्तरीय प्रयोगशालको रुपमा स्थापित हुँदैछ । यसले प्रत्यक्ष प्याथोलोजिष्ट डाक्टरको काउन्सिलिङसहितको रिपोर्ट दिइरहेको छ । यसै सेरोफेरोमा रहेर सम्यक डायग्नोस्टिकका अध्यक्षसमेत रहनुभएका युवा प्याथोलोजिष्ट  गौतमसँग जनस्वास्थ्य सरोकारले गरेको भलाकुसारी ।

उपभोक्तालाई कसरी सन्तुष्टी दिलाउन सकिन्छ ?
ल्याबमा भएका परीक्षण गुणस्तरीय भए नभएको पहिचान गर्नुपर्छ, त्यसपछि रिपोर्ट बाहिर ल्याउनुपर्छ । रिपोर्ट दिनु मात्र हाम्रो जिम्मेवारी हुँदैन । सम्बन्धित ल्याब चिकित्सकले रोगका बारे बिरामीसँग राम्रोसँग काउन्सिलिङ गर्नुपर्छ । टेष्टका बारे बिरामी र चिकित्सकलाई भरपर्दो सुझाब र सल्लाह दिनसक्नुपर्छ ।
यहाँले डायग्नोसिस सेवामा करियर बनाउनुको मुख्य कारण के हो ?
व्याच्लर अफ साइन्स इन मेडिकल ल्याबोरेटोरी टेक्नोलोजी पढेकाले ल्याब के हो ? यो कसरी चल्छ र ल्याबभित्र के के हुन्छ ? जस्ता कुरामा राम्रो अनुभव लिएको थिएँ । त्यसपछि एमबीबीएस गरियो र प्याथोलोजीमा एमडी गर्ने इच्छा जाग्यो । प्याथोलोजी बेसिक साइन्स र क्लिनिकल बीचको लिंक हो । रोग के हो र कसरी लाग्छ भन्ने कुरा थाहा पाएर नै धेरै रोगको उपचार संभव भएको छ । प्याथोलोजी रिपोर्टकै आधारमा उपचार हुने गर्छ । त्यसैले यस क्षेत्रमा राम्रो योगदान गर्नसक्छु भनेर यो पेशामा पाइला अघि बढाएको छु ।kyur

रोग पहिचानमा ल्याब उपकरणको भूमिका कस्तो हुन्छ ?
पहिला पहिला म्यानुअल्ली (हातले गर्ने) टेष्ट हुने गर्दथ्यो । जस्तो—एउटा मधुमेहको रिपोर्ट निकाल्न ३—४ घण्टा लाग्दथ्यो । तर अहिले १०—१५ मिनेटभित्र नै ल्याब रिपोर्ट प्राप्त गर्न सकिन्छ । प्रबिधिले पहिलाको भन्दा निकै सजिलो गराएको छ । तर त्यसमा कठिनाइहरु पनि सँगै जोडिएर आएको हुन्छ । उपकरणमा ल्याब रिपोर्ट निर्भर हुने भएकाले उपकरणका बारेमा अध्ययन गर्नुपर्छ । कुनैबेला मेसिन बिग्रिएर समस्या पनि आउनसक्छ । त्यसैले यसबारे अध्ययन हुन पनि जरुरी छ । मेसिनले रिजल्ट दिनुअगाडि Calibration, Quality Control अनुसार रिजल्ट आएको छ कि छैन भन्ने कुरा अनुगमन गर्न आवश्यक छ । हामीसँग अटोमेटेड मेसिन भएको कारणले गर्दा नै धेरै नमूनाहरुको केही घण्टामै रिजल्ट दिन सफल भएका छौं । गुणस्तरीय सेवा अहिलेको आवश्यकता हो । त्यही अनुरुप हामी सेवा दिन चाहन्छौं र दिइरहेका छौं । गुणस्तर हुँदैमा सेवा शुल्क महँगो हुनुपर्छ भन्ने छैन । विदेशिने टेष्टहरु हामीले अति न्यून शुल्कमा स्वेदशमा उपलब्ध गराइरहेका छौं ।
हाल बजारमा भित्रिएका प्रविधिको उपभोगमा सर्वसाधारणको पहुँच हुन सक्ला त ?
नयाँ प्रविधिले समयमा रिपोर्ट दिने, एक्युरेसी बढाउने र रिलायवल रिपोर्ट दिने भएकाले व्यक्तिको पहुँचभित्र हुने गर्छ । यसलाई सहज रुपमा लिनुपर्छ ।
बजारमा के कस्तो तरिकाले ल्याब टेष्ट गर्ने प्रचलन छ ?
पछिल्लो समयमा फूल्ली अटोमेटेड मेसिनहरु भित्रिएका छन् । यसअघि म्यानुअल (हातले केमिकल मात्रा मिलाएर टेष्ट गर्ने), सेमिअटोमेटेड (हरेक केमिकलको मात्रा मिलाएर केही हातले र केही मेसिनले गर्ने ) प्रचलन थियो ।
फूल्ली अटोमेटेड मेसिनले चाँही धोका दिँदैन ?
फूल्ली अटामेटेड मेसिनमा पनि समस्या आउनसक्छ । तर मेसिनको धोकालाई अनुगमन गरिहनुपर्छ । यो हाम्रो जिम्मेवारी हुन्छ । मेसिन र यसमा प्रयोग गरिने केमिकल एवं रिएजेन्ट्सको अवस्थाबारे आन्तरिक र बाह्य  क्वालिटी कन्ट्रोलबाट अनुगमन गरिरहनुपर्छ । सही रिपोर्टका लागि हरेक दिन क्वालिटी कन्ट्रोल गर्नुपर्छ । मेसिनको क्यालिब्रेसन (मेसिनले राम्रोसँग काम गरेनगरेको थाहा पाउने) गर्नुपर्छ । यद्यपी समस्या आएमा पहिचान गरेर समाधान गर्नुपर्छ ।

ल्याब रिपोर्ट लिनअघि सर्वसाधारणले के बुझ्न जरुरी हुन्छ ?
जाँचको रिपोर्ट, धेरै कुरामा निर्भर गर्छ । जस्तैः रगत दिने समय, रगत संचय गर्ने, ट्यूब इत्यादि । त्यो बाहेक सबै जनाले बुझ्नैपर्ने कुरा के हो भने मेरो रगतको जाँच कहाँ, कसरी र कुन प्रविधिबाट भइरहेको छ भन्ने कुरा थाहा पाउन जरुरी छ । आम उपभोक्तामा यो बारे चेतना अपरिहार्य छ ।
तर सेवा प्रदायकले त सही कुरा बताउँदैनन् भन्ने गुनासो सर्वसाधारणको आउने गरेको छ नि ?
सेवा प्रदायकले सही कुरा बताउनै पर्छ । यसका लागि हरेक ल्याबोरेटोरीमा पारदर्शीता हुनुपर्छ । आफ्नो ल्याबको अवस्थाबारे  सर्वसाधारणलाई बताउनु ल्याब सञ्चालकको कर्तव्य हो भने जानकारी माग्ने सेवाग्राहीको अधिकार हो ।
यहाँको ल्याबोरेटोरीमा के कस्ता नयाँ सेवाहरु दिँदै आउनुभएको छ  ?
मिर्गौला र मिर्गौला प्रत्यारोपण गरेका बिरामीहरुका लागि ट्याक्रोलिमस लेवल र साइक्लोस्पोरिन लेबल नेपालमा शुरु गर्न सफल भएका छौं । यो निकै सस्तोमा उपलब्ध हुने गर्छ ।  किड्नीका बिरामीहरुका लागि सिअंका, पिअंका, टेष्ट गरिन्छ । अत्याधुनिक फूल्ली अटोमेटेड मेसिनबाट अटोइम्युन डिजिज, ड्रग लेबलको टेष्ट गरिन्छ । मिल्क इन टोलरेन्स पत्ता लगाउने, क्रोन्स डिजिज, अटोइम्युन हेपाटाइटिसका लागि अति सस्तोमा मार्करको सुविधा छ । रेनिन लेबल, भिएमए, फूल्ली अटोमेटेड इलेक्ट्रोफोरेसिस, फूल्ली अटोमेटेड कोगुलेसन एवं हर्मोनजस्ता सयौं टेष्टहरुको सुविधा दिँदै आएका छौं  । यसका साथै एएनए, डिएस डिएनए indirect immunofluorescence method बाट महिलाहरुको लागि गराइने Antimullerian Hormone, गर्भती अवस्थामा हुने संक्रमणको लागि Antimullerian Hormone । यसैगरी मधुमेह बिरामीहरुले तीन तीन महिनामा गराउनुपर्ने  HBA1C जाँच हामीकहाँ अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक मेसिनको मद्धतबाट गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्