Logo
|
Thursday 18th April 2024
Logo

epaper

मलाई समयपूर्व जन्मिने बच्चाहरुलाई कसरी बचाउन सकिन्छ, राज्यको के के भूमिका रहनसक्छ ?



म जनस्वास्थ्य सरोकारको नियमित पाठक हुँ । मलाई समयपूर्व जन्मिने बच्चाहरुलाई कसरी बचाउन सकिन्छ, राज्यको के के भूमिका रहनसक्छ ? भन्ने जिज्ञासा लागेकाले यो प्रश्न पठाएकी छु । सम्बन्धित चिकित्सकबाट उचित जवाफको आश गरेकी छु ?
नम्रता, बिराटनगर ।

डा. विष्णुप्रसाद पण्डित वरिष्ठ बालरोग विशेषज्ञ/पूर्व स्वास्थ्य सचिव
डा. विष्णुप्रसाद पण्डित
वरिष्ठ बालरोग विशेषज्ञ/पूर्व स्वास्थ्य सचिव

नम्रता जी, प्रश्नका लागि धन्यवाद् । सामान्यत  महिलाको कोखबाट ३७ हप्तादेखि ४६ हप्ताको समयमा बच्चा जन्मिने गर्छन् । बच्चामा जटिल अवस्था देखिएमा शल्यक्रियाबाट पनि जन्म दिनुपर्छ । प्रायः २८ हप्तापछि बच्चा बाच्ने गर्छन् । यसमा साधन, श्रोतको भूमिका पनि महत्वपूर्ण हुन्छ । आमालाई डायविटिज, मुटुरोग, विभिन्न रोगको संक्रमण, स्त्री तथा प्रशुति समस्या भएमा समय पूर्व नै शल्यक्रिया गरेर शिशुलाई जन्म दिनुपर्छ । कतिपय अवस्थामा आफैं पनि समयपूर्व बच्चा जन्मिन सक्छन् । यस्ता कारणहरुमा गर्भवती अवस्थामा धेरै शारीरिक भार पर्ने काम गरेको, अखाद्य वस्तु खाएको, औषधिको प्रयोग आदि रहेका छन् ।  यसरी समयपूर्व जन्मिएका बच्चाहरुको शरीरको तापक्रम स्थिर राख्न गार्‍ह्रो पर्छ । पोषणको समस्या हुन्छ । दूध चुस्न र दूध निल्न सक्दैनन् । रक्तअल्पताका साथै विभिन्न रोगको संक्रमण हुनसक्ने संभावना रहन्छ । त्यसैले नशाको माध्यमबाट पोषण दिइन्छ । रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धिका लागि विभिन्न उपायहरु निकालिन्छ ।  काठमाडौंमा कान्ति बाल अस्पताल, नेपाल मेडिकल कलेज, ओम हस्पिटल, काठमाडौं मेडिकल कलेज, पाटन हस्पिटल आदि धेरै ठाउँमा समयपूर्व जन्मिएका बच्चा बचाउन सकिने सुविधा छन् । नेपालमा नवजात शिशुको मृत्यूदर करिब २५ प्रतिशत छ । कतिपय अवस्थामा समय नपुगी जन्मेका बच्चा र वजन नपुगेका बच्चाहरुलाई बचाउन निकै कठिन पर्छ । नेपालमा गरिबी र आर्थिक अभाव छ । सरकारले सुत्केरी खर्च ५  सय, हजार र १ हजार ५ सय रुपियाँसम्म दिने व्यवस्था गरेपनि धेरै जनसंख्या यो सेवा लिनबाट बञ्चित छन् । तालिमप्राप्त सुडिनी, तालिम प्राप्त स्वास्थ्य कार्यकर्ताबाट सुत्केरी गराएमा पनि  धेरै नवजात शिशुको ज्यान जोगिन सक्छ । गाउँघरमा बच्चालाई न्यानो पारेर राखे मात्र पनि धेरै नवजात शिशुलाई बचाउन सकिन्छ । जन्मिनेवित्तिकै बच्चालाई नुहाउन हुँदैन । ४८ घण्टा पछि मात्र नुहाउनुपर्छ । जन्मिने बित्तिकै बच्चा नुहाउनाले तापक्रमको अभावमा धेरै बच्चा मर्ने गर्छन् । आमाको दूध तुरुन्तै खुवाइदिने, हाइपोग्लासिमिया (चिनीको मात्रा कम) भएर पनि कति बच्चाको मृत्यू हुने भएकाले केही नभए ग्लुकोज पानी भने पनि खुवाइदिनुपर्छ । यस्ता सानातिना कुराले पनि ठूलो भूमिका निर्वाह गर्छ ।

प्रतिक्रिया दिनुहोस्