Logo
|
Thursday 25th April 2024
Logo

epaper

डण्डिफोरमा आयुर्वेदिक उपचार



डा. राममणी भण्डारी आयुर्वेद विशेषज्ञ
डा. राममणी भण्डारी
आयुर्वेद विशेषज्ञ

हाल म २२ वर्षको भएँ । करिब ४ वर्षदेखि अनुहारको डण्डिफोरबाट पीडित छु । मैले धेरै डाक्टरसँग एलोप्याथिक उपचार गराएँ । तर पनि उचित सुधार आएन । कैयौं क्रिम, प्रयोग गरें । म अब आयुर्वेद उपचार गर्न चाहन्छु । यसमा आयुर्वेदिक उपचार कस्तो हुन्छ ? कृपया आयुर्वेद विशेषज्ञसँग मेरो समस्याको जवाफ खोजिदिनुहोला ।  सुमन नेपाल, मुलपानी, काठमाडौं ।

डण्डीफोर युवावस्थामा हुने अत्यन्त सामान्य समस्या हो । प्रायः जसो १४ देखि ३० वर्ष उमेर पुगेका युवा, युवतीलाई आउँदछ । जब युवा अवस्थामा पुगेकाहरुको अनुहारमा डण्डीफोर आउने गर्दछ । डण्डीफोरलाई बैंसको संकेत पनि भनिन्छ । प्रायःअनुहारमा नै डण्डीफोर आउने गर्दछ । यसले अनुहार नै कुरुप बनाउने गर्दछ । आयुर्वेदमा डण्डीफोरलाई यौवन पिडिका भनिन्छ । छालाको लागि महत्वपूर्ण जडिबुटिहरुमा घिउकुमारी, अर्जुन, बदाम, मञ्जिष्ठा, चन्दन, बेसार, गुलाब, निम आदि रहेका छन् । लाभदायी आहारमा ठिक्क परिणाममा गरम सुपाच्य खाना राम्रोसँग चपाएर खाने, र पहिले खाएको खाना पाचन भएपछि पुनः खाना खाने । ज्यादा मलासादार, चिल्लो, अमिलो नखाने ,ताजा साग सव्जी र रेसादार तरकारी खाने । प्रशस्त मात्रामा पानी, जुस पिउने ।  भिटामिन इ र ए ज्यादा भएका खाना जस्तै फर्सी, मेवा, गाँजर, काँक्रो खाने । चुरोट, रक्सी, सूर्ती, चिया, कफी, उपभोग नगर्ने । घरेलु उपचारमा पटक पटक सफा पानीले अनुहार धुने, प्रशस्त मात्रामा झोल पदार्थ, पानी, फलफूलको जूस पिउने, ताजा मेथीको पातलाई पानी मिसाई पेष्ट बनाई राती प्रयोग गर्ने, कागती रस र दूधलाई उमालेर मुख धुने, दालचिनीको पाउडरलाई महसँग मिसाई लेप लगाउने, घिउकुमारी चोप सिधै अनुहारमा लगाउने, चन्दन र बेसारलाई लेप बनाई लगाउने । डण्डीफोरलाई हातको औंलाले ननिचोर्ने । यसले अनुहारलाई कुरुप बनाउन सक्छ । ज्यादा चिल्लो पदार्थ कम खाने र बढि चिन्ता नलिने, राती ढिला सम्म नबस्ने, जे पायो त्यही फेस वास, साबुन, क्रिम, प्रयोग नगर्ने, चिकित्सकको सल्लाह अनुसार  हर्बल सामाग्री प्रयोग गर्ने । ज्यादा बाहिर घाममा नहिँड्ने र बिहान बेलुका प्राणायाम, व्यायाम गर्ने । यसरी घरेलु उपचारबाट पनि डण्डीफोरको उपचार सम्भव भएन भने आयुर्वेद चिकित्सकसँग परीक्षण गराएर औषधि सेवन तथा वाह्य प्रयोग गर्नुपर्दछ । कब्जियत भएमा पेटलाई सफा राख्न र दिसा, पिसाब सामान्य पार्न र दूषित रक्तलाई सफा तुल्याउन औषधि सेवन गर्नुपर्दछ । नियमित रुपमा प्रयोग गर्दा आयुर्वेदिक औषधिले बिना साइड एफेक्ट डण्डीफोरलाई निको पार्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्