Logo
|
Friday 29th March 2024
Logo

epaper

बच्चालाई फाइबर डाइट दिनुस्

फाइबर नहुनाले उनीहरुमा मोटोपन र कब्जियतको समस्या



फाइबर डाइट (रेशादार खाना) जति ठूला मानिसका लागि जरुरी हुन्छ, उतिनै बच्चाका लागि पनि आवश्यक हुन्छ । बच्चाको उमेर बढ्दै जाँदा डाइट (खाना) मा यसको मात्रा बढाउनु जरुरी हुन्छ । यदि उनीहरुलाई पर्याप्त फाइबर नदिएमा उनीहरु पनि ठूला मानिसजस्तै कब्जियतको शिकार हुन्छन् ।अहिले दिल्लीमा ६० प्रतिशत स्कुल जाने बच्चा कब्जियतको  शिकार भएको जनाइएको छ । दिल्लीको सर गंगाराम हस्पिटलमा बाल रोग विशेषज्ञ डा. धीरेन गुप्ताका अनुसार, बच्चाहरुमा पेट दुखाइको समस्याले उनीहरुको अभिभावक उपचार गराउन आउँछन् । खाने पिउने गलत बानीले उनीहरुमा मोटोपन र कब्जियत जस्तो समस्या बढिरहेको छ । धेरै बच्चाहरुलाई फाइबर (रेशा) धेरै भएका खानेकुरा खान मन पर्दैन । उनीहरुलाई जंक फूड मनपर्छ । यसमा फाइबर नहुनाले उनीहरुमा मोटोपन र कब्जियतको समस्या बढिरहेको छ ।

किन दिने फाइबर डाइट… ?

  • फाइबर डाइट (रेशादार खाना) ले पेट सजिलै सफा गर्छ । यदि बच्चालाई कब्जियत भएमा उसको खानामा फाइवर (रेशादार) को मात्रा बढाइदिनुपर्छ । यसले बच्चालाई कष्टकारीस्थितिबाट छुटकारा मिल्दछ । यसका साथै मोटा बच्चाको तौलसँग जोडिएका समस्या पनि निराकरण हुँदै जान्छन् ।
  • डाइटमा फाइबर नहुँदा बच्चाको शारीरिक र मानसिक विकासमा असर पर्नसक्दछ । फाइबरमा रत्तीभर क्यालोरी, भिटामिन, खनिजतत्व हुँदैन । त्यसैले यो बच्चादेखि बूढासम्म सबैलाई आवश्यक हुन्छ ।
  • यसले पाचन प्रणालीलाई स्वस्थ राख्दछ ।
  • फाइबरले शरीरमा ब्लड सुगरको स्तर पनि स्थिर बनाइ राख्दछ  किनकि यसले रगतमा अवशोषित हुने ग्लूकोजको दरलाई कम गर्दछ ।
  • पूर्ण रुपमा फाइबर पाइने खानाले शरीरलाई शक्ति प्राप्त हुनुको साथै नराम्रो कोलेस्ट्रोलको स्तर पनि कम गर्दछ र मुटु रोगको खतरा कम गर्न मद्धत गर्छ ।

फाइबर एक किसिमको कार्बोहाइड्रेट हो, जुन बिरुवामा पाइन्छ । यसमा हामीले बचाउन नसक्ने भाग हुन्छ । पर्याप्त फाइबर पाइने खानाले बच्चाको पेट छिटै भरिन्छ । अध्ययन अनुसार , फाइबरले टाइप–२ डायबिटीज हुन पनि रोक्दछ । यसका साथै क्यान्सर रोगबाट बच्न पनि मद्धत गर्दछ ।

कहिलेदेखि दिने फाइबर…?

बच्चा एक वर्ष पुगेपछि फाइबर दिन सुरु गर्नुपर्दछ । बच्चाको तौल, उचाई र उमेर बढ्दा धेरै मात्रामा क्यालोरी लिन जरुरी हुन्छ । त्यहि अनुपातमा फाइबर लिन पनि आवश्यक हुन्छ ।

बच्चालाई जति पनि फाइबर खुवाउन सकिन्छ… ?

  • बच्चालाई धेरै मात्रामा फाइबर दिनुहुँदैन । धेरै फाइबर खाएमा शरीरले खनिज तत्व सोस्न पाउँदैन ।
  • यदि फाइबरको मात्रा अचानक बढी भएमा ठूला मान्छेको साथ साथ बच्चामा पनि ग्याँस बन्ने, पेट फुल्ने र कब्जियतको समस्या हुन सक्दछ । त्यसैले फाइबरको निर्धारित मात्रा बिस्तारै बिस्तारै अलि अलि गरी बढाउनुपर्दछ ।
  • बच्चालाई ज्यादा फाइबर दिनाले उसलाई पेट भरिरहेको लाग्दछ र ऊ अन्य पोषक तत्व भएका खाना खान सक्दैन ।
  • बच्चालाई फाइबरको साथै पर्याप्त मात्रामा पानी पनि खुवाउनुपर्दछ । धेरै पानी पिउनाले डायरिया र कम पानी पिउनाले कब्ज हुन सक्दछ ।

कति दिने फाइबर … ?

  • १–३ बर्षको बच्चालाई खाने पिउने चिजको साथ १५ ग्राम
  • ४–८ वर्षको बच्चालाई २५ ग्राम

धेरै साना बच्चालाई फाइबरमा चोकर वा सोयाबिनको आटा दिनुहुँदैन । यसमा धेरै नापतौल गर्ने जरुरत पर्दैन, बढ्दो बच्चाको सन्तुलित डाइट दिनु काफी हुन्छ । उसलाई डाइटमा चिल्लो डेयरी प्रोडक्ट, फलफलूल, सागसब्जी, मासु, अन्न, दाल आदिबाट पर्याप्त क्यालोरी मिल्दछ । यदि बच्चा हेल्दी डायट खान्छ भने उसलाई फाइबरको मात्रा पर्याप्त पुग्दछ ।

कस्तो चिज दिन उपयुक्त हुन्छ ?
बच्चालाई नाश्तामा फलफूल, बदाम, नट्स आदि राखेर बनाएको हलुवा, पोहा, साबूत अनाजबाट बनेको रोटी दिनुपर्दछ । लन्च वा डिनरमा रोटी वा खानाको साथ सलाद, सागसब्जी, दाल दिनाले पर्याप्त फाइबर मिल्दछ । यसको साथै सूपमा बीन्स(सिमी) मिलाएर पिउन दिन सकिन्छ ।
.एजेन्सी

प्रतिक्रिया दिनुहोस्