Logo
|
Thursday 28th March 2024
Logo

epaper

अस्पतालमा अनशन नबस्न डिनको चेतावनी



चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम का डीन डा. राकेश श्रीवास्तवले अनसनरत डा.गोविन्द केसीलाई कुनै पनिdr-govinda-kc विरोध कार्यक्रम नगर्न निर्देशन दिएका छन् ।
केसीको चौथो आमरण अनशनबाट इन्स्टिच्यूट अफ मेडिकल आईओएमको डीन बनेका श्रीवास्तावले त्यस्तो निर्देशन दिएका हुन।

श्रीवास्तवले आफ्नो सूचनाको अवज्ञा हुन गएमा त्यसबाट पर्न जाने असरको जिम्मेवारी केसीले नै लिनुपर्ने चेतावनी समेत दिएका छन्।

मैले उहाँले नेतृत्व गरे संस्था धराशायी हुनबाट बच्न सक्छ भन्दै आवाज उठाएको थिएँ, संस्थागत रुपमा उहाँले त्यसो भन्नु भएको होला यसलाई अस्वभाविक ठान्न मिल्दैन, मेरो मागप्रति सकारात्मक हुनुहुन्छ जस्तो लाग्छ केसीले अनशनस्थलबाटै मंगलबार अन्नपूर्णसित भने, मेरा जायज मागलाई कुल्चन भने म दिन्न, मर्ने पर्छ भने पनि तयार छु तर बिरामीको सुरक्षितरुपमा स्वास्थ्य सेवा पाउने अधिकार हनन हुन दिन्न।

श्रीवास्तवले केसीलाई विरोधका कार्यक्रम नगर्न निर्देशन दिएको पत्रमा भनिएको छ,विगतमा तपाईंले गर्नुभएको आमरण अनसन र पहिले जस्तै विरोधका कार्यक्रम पुन स् गर्न लाग्नु भएको छ भन्ने पत्रपत्रिका र तपाईंको अन्तर्वार्ताबाट जानकारी हुनआएको छ, तपाईंले उठाउनु भएको मागहरुका सम्बन्धमा वार्ताबाट सम्बोधन गर्न उपयुक्त हुने स्पष्ट पार्न चाहन्छु, अन्नपूर्णपोष्टमा छ ।

उनले डा।केसीको अनसनले क्याम्पसको शैक्षिक कार्यक्रम र त्रिवि शिक्षण अस्पताल तथा वीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र र मनमोहन काडिर्योथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरेको सेवा प्रभावित हुने भन्दै विरोधका कार्यक्रम नगर्न निर्देशन दिएका हुन।

केसीको मागलाई संवोधन गर्दै वरिष्ठता र अनुभवका आधारमा सरकारले गत २०७० माघ २९ गते डा। राकेश श्रीवास्तव डिन नियुक्त गरेको थियो।

त्यतिबेला श्रीवास्तवले केसीका सबै माग पूरा नभएसम्म पदबहाल नगर्ने समेत घोषणा गरेका थिए। तर आज उनै केसीलाई सहयोग गर्न नहुने मनस्थितिमा पुगेको स्रोत बताउँछ।

स्रोतका अनुसार प्र्रधानमन्त्रीले नयाँ मेकिडल कलेजको सम्बन्धनको प्रक्रिया अगाडि बढाउन दिएको निर्देशनका कारण श्रीवास्तवले केसीलाई विरोधका कार्यक्रम गर्न नदिने मनस्थिति बनाएका छन।

प्रधानमन्त्री सुशिल कोइरालाले पछिल्लो पटक देवदह मेकिडल कलेज र विराट मेडिकल कलेजलाई सम्बन्धन दिन त्रिभुवन विश्व विद्यालयलाई निर्देशन दिएका थिए। त्यस लगत्तै त्रिविले आइओएमलाई सोही निर्देशन दिएको थियो।

राजनीतिक आडमा चिकित्सा शिक्षामा मौलाउँदै गएको माफियातन्त्र अन्त्य र सर्वसुलभ स्तरीय स्वास्थ्य सेवाका लागि जनताको साथ खोज्दै केसी आइतबार फेरि आमरण अनशनमा बसेका हुन। यो उनको पाँचौं अनशन हो।

आफ्नो मागलाई त्रीवी पदाधिकारी, आइओएम पदाधिकारी, सरकार र अदालत सबैले बेवास्ता गरेको भन्दै डा।केसीले जनताले साथ दिने भन्दै अनशन थालेका हुन।

चिकित्सा शिक्षा नीति र चिकित्सा विश्वविद्यालय निर्माण हुनु अघि नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, अनियमित तरिकाले मेडिकल कलेजको सम्बन्ध दिने पदाधिकारीलाई कारबाही गर्नुपर्ने, चिकित्सा विश्वविद्यालय सम्भाव्यता अध्ययन समिति र चिकित्सा शिक्षा राष्ट्रिय मापदण्ड निर्धारण समितिले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन हुनुपर्ने, देवदेह र विराट् मेडिकल कलेजलाई सरकारले दिएको सम्बन्धन फिर्ता गर्नुपर्ने, मेडिकल शिक्षामा माफियाको चलखेल रोकिनुपर्ने लगायत १० बुँदे माग उनले राखेका छन्।

प्रतिक्रिया दिनुहोस्