Logo
|
Saturday 20th April 2024
Logo

epaper

अनसन तोडाउन पहलै गरेन सरकारले



काठमाडौ, चैत्र १३, डा.गोविन्द केसीको माग सम्बोधन गरी अनसन तोडाउन सरकार उदासिन देखिएको छ । अनसनको पाँचौ दिन पनि सरकारको तर्फबाट अनसन तोडाउन कुनै पहल भएको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले मंगलबार यसअघि केसीको माग सम्बोधन गर्न बनेका समितिरकार्यदलको प्रतिवेदन कार्यान्वयनको प्रगति विवरण ३ दिनभित्र पठाउन शिक्षा मन्त्रालयलाई अह्राएको थियो ।

केसीको अनसन तोडाउने पहल थाल्न पनि शिक्षा मन्त्रालयलाई भनिएको थियो । प्रधानमन्त्रीको चिठीको कारण अनसन बस्ने अवस्था आएकाले शिक्षा मन्त्रालय आफै अन्योलमा छ । बिहीबारभित्र प्रगति विवरण पेश गर्न भनिए पनि शिक्षाले कुनै पत्राचार गरेको छैन । भोलि प्रगति विवरणसाथ अनसन तोडाउन प्रधानमन्त्री कार्यालयले पहल गर्नुपर्ने बेहोराको चिठी पठाउँछौं, शिक्षा सम्बद्ध श्रोतले भन्यो,कान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस्