Logo
|
Friday 19th April 2024
Logo

epaper

स्वाईन फ्लुबाट एमाले नेता ढकालको निधन



काठमाडौ, २२ चैत । स्वाईन फ्लुको आशंकामा गत चैत १४ गते राजधानीको ग्राण्डि अस्पताल भर्ना गरिएका नेकपा ramnath-dhakalएमालेका पोलिटब्यूरो सदस्य रामनाथ ढकालको आज निधन भएको छ ।

उपचारको क्रममा आज उनको निधन भएको अस्पतालका डा. प्रेम ज्ञवाली र अर्जुन कार्कीसहितको टीमले परिवारका सदस्यलाई जानकारी गराएका थिए ।ढकाललाई बचाउन नसकिएको जानकारी गराएको थियो ।

आईसीयूमा उपचारका क्रममा उनलाई दिल्ली लैजान १४ गते नै एयर एम्बुलेन्स समेत बोलाइएको थियो । तर, मौसमले साथ दिएन भने उनको स्वास्थ्य गम्भीर बन्दै गएपछि १७ गते दिल्ली नलैजाने निर्णय भएको थियो ।
अस्पताल प्रमुख डा. चक्रराज पाण्डेका अनुसार ढकालमा स्वाइन फ्लु, लिम्फोफ्लोलिफिरिटिज र क्षयरोग थियो । उनलाई मेदान्त अस्पतालका चिकित्सकहरुसँगको परामर्शमा उपचार गराईरहिएको थियो ।

एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाका अनुसार ढकालको शव अन्तिम श्रद्धाञ्जलीका लागि भोलि बिहान ८ बजेबाट पार्टी कार्यालय बल्खुमा राखिने भएको छ ।

गुल्मीको खड्गकोटमा जन्मिएका ढकाल अखिलका पूर्व अध्यक्ष समेत हुन् । उनी अघिल्लो संविधानसभा व्यवस्थापिकामा राज्य व्यवस्था समितिको सभापति थिए ।
बुढानिलकण्ठमा बस्दै आएका ढकालका दुई श्रीमती, दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्