Logo
|
Friday 19th April 2024
Logo

epaper

स्वास्थ्य स्वयम् सेविकालाई निशुल्क सिमकार्ड



काठमाडौं, चैत २४ – नेपाल टेलिकमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् देशभरका ५४ हजार सामुदायिक nepal Telecomमहिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई निःशुल्क सिम कार्ड वितरण गर्ने भएको छ ।

स्वास्थ्य जनसंख्या मन्त्रालय र नेपाल टेलिकमबीच महिला स्वास्थ्य स्वयम्सेविकालाई कर्पोरेट सोसियल रिस्पोन्सिलिटी अन्तर्गत प्रोत्साहन स्वरुप निःशुल्क सिमकार्ड उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा स्वास्थ्य मन्त्रालयका तर्फबाट सचिव शान्तबहादुर श्रेष्ठ र नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले हस्ताक्षर गर्नुभयो ।

हिमाली तथा पहाडी क्षेत्रका ३७ जिल्लामा कार्यरत २० हजार सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकालाई १ सय रुपैया“को टक भ्यालु भएको २० हजार थान सिमकार्ड वितरण गर्ने सम्बन्धमा नेपाल टेलिकम र स्वास्थ्य मन्त्रालयबीच गतवर्ष सम्झौता भई सिम वितरण गर्ने कार्य भइरहेको छ ।

यस कार्यलाई ७५ वटै जल्लामा विस्तार गरी बा“की ३८ जिल्लाका करिब ३४ हजार स्वयम् सेविकाहरुलाई समेत सिम कार्ड वितरण गर्ने गरी यो नवीकरण सम्झौता भएको हो । नेपाललाई स्वास्थ्य क्षेत्रमा विकास लक्ष्य हासिल गर्न महिला स्वयम्सेविकाको महत्वपूर्ण योगदान रहेको तथ्यलाई स्मरण गर्दै नेपाल टेलिकमले यो सहयोगलाई थप विस्तार गरेको टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले बताउनुभयो ।

स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले नेपाल टेलिकमको यो प्रयासले ग्रामीण तहसम्म रहेर स्वास्थ्य सेवाको क्षेत्रमा कार्यरत महिला स्वास्थ्य स्यंमसेविकाहरुको कार्य अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो । सेवाग्राहीहरुलाई स्वास्थ्यसम्बन्धी विभिन्न सेवा प्रदान गर्नका लागि सिम कार्डको प्रयोग गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्