Logo
|
Thursday 28th March 2024
Logo

epaper

अमेरिकी पूर्व राष्ट्रपति कार्टरलाई क्यान्सर



अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरले आफूलाई क्यान्सर भएको बताएका छन् । हालै लिवर सर्जरीपछि क्यान्सर भएको jimmy-carterथाहा पाएको उनले बताएका छन् ।

क्यान्सर अब उनको अन्य अंगमा पनि फैलिएको छ । ९० वर्षका कार्टरको यसै महिना लिवरको सर्जरी गरिएको थियो ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले कार्टरको स्वास्थ्यलाभको कामना गरेका छन् । ओबामाले कार्टरसँग कुराकानी गरेको ह्वाइट हाउसले जनाएको छ ।

डेमोक्रेटिक पार्टीका नेता कार्टर १९७६ मा अमेरिकाको राष्ट्रपति बनेका थिए । १९८१ मा राष्ट्रपति पद छाडेपछि कार्टरले आफ्नो कार्टर सेन्टरबाट मानवीय सहायतको काम गर्दै आएका छन् ।

१९९४ मा उत्तर कोरियाको परामाणु सम्झौतामा उनले मध्यस्तताको भूमिका निभाएका थिए ।

अन्तराष्ट्रिय संघर्षहरुको शान्तिपूर्ण समाधानको प्रयासका लागि उनलाई २००२ मा नोेल शान्ति पुरस्कार दिइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्