Logo
|
Thursday 28th March 2024
Logo

epaper

डा. शर्मालाई काममा रोक नलगाऊः पुनरावेदन अदालत



जनस्वास्थ्य सरोकार । पुनरावदेन अदालत पाटनले स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा. नुतन शर्मालाई काममा रोक Dr nutan sharmaनलगाउन अन्तरकालीन आदेश जारी गरेको छ । नेपाल मेडिकल काउन्सिलले अल्का अस्पतालमा गैर कानुनी रुपमा भ्रूण पहिचान गरी गर्भपतन गराउने गरेको आरोपमा गत साउन २४ गते डा. शर्मालाई ३ महिनाका लागि उनको लाइसेन्स निलम्बन गर्ने निर्णय गरेको थियो ।
न्यायाधीशद्धय तिलकप्रसाद श्रेष्ठ र लेखनाथ घिमिरेको संयुक्त इजलासले पुनरावेदन पत्रको अन्तिम किनारा नलागेसम्म काउन्सिलको दर्ता किताबबाट डा. शर्माको नाम हटाउने निर्णय कार्यान्वयन नगर्न बिपक्षीका नाममा साउन ३१ गते अन्तरकालीन आदेश जारी गरेको हो ।
आदेशमा भनिएको छ—‘प्रस्तुत पुनरावेदनपत्रको अन्तिम किनारा हुँदा ठहरेबमोजिम हुने गरी हाललाई प्रस्तुत पुनरावेदनपत्रको अन्तिम किनारा नलागेसम्मका लागि नेपाल मेडिकल काउन्सिलबाट डा. नुतन शर्माका हकमा मिति २०७२÷०४÷२४ मा भएको निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनी पुनरावेदन अदालत नियमावली २०४८ को नियम ४५ बमोजिम विपक्षीहरुको नाममा यो अन्तरकालीन आदेश जारी गरिएको छ ।’
डा. नुतन शर्मा उपर नेपाल मेडिकल काउन्सिलबाट मिति २०७२÷०४÷२४ मा तीन महिनासम्म चिकित्सा पेशा सञ्चालन गर्न नपाउने गरी निजको नाम काउन्सिलको दर्ता किताबाट हटाउने गरी भएको निर्णय सदर हुने वा नहुने कुरा पुनरावेदनको रोहबाट निर्णय हुँदाका बखत ठहर हुने विषय भएको र नेपाल मेडिकल काउन्सिलबाट भएको निज उपरको उक्त निर्णय अहिले नै कार्यान्वयन हुँदा पछि प्रस्तुत पुनरावेदनमा निर्णय हुँदा अन्थया भएमा सोको औचित्य नै समाप्त हुन जाने अवस्था देखिएको सो अन्तरकालीन आदेशमा उल्लेख छ ।
प्रस्तुत मुद्धामा दर्ता नं.२६८८ मा दर्ता भई चिकित्सा पेशा गर्दै आएकी डा. नुतन शर्मा उपर तीन महिनासम्म चिकित्सा पेशा सञ्चालन गर्न नपाउने गरी निजको नाम काउन्सिलको दर्ता किताबबाट हटाउने गरी नेपाल मेडिकल काउन्सिलबाट मिति २०७२÷०४÷२४ मा निर्णय भएको थियो । सो निर्णय उपर पुनरावेदन अदालतमा पुनरावेदन परी विचाराधीन रहेको र उक्त पुनरावेदन पत्रको किनारा नलागेसम्म उक्त निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरकालीन आदेशको माग गरी प्रस्तुत डा. शर्माले पुनरावेदन अदालतमा मुद्धा जाहेर गरेकी थिइन् ।
डा. शर्माको तर्फबाट वरिष्ठ अधिवक्ताद्धय बद्रीबहादुर कार्की, सम्भू थापा, डा. भिमार्जुन आचार्य र सुभाष आचार्यले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्