Logo
|
Thursday 28th March 2024
Logo

epaper

जिम्मी कार्टरले नोभेम्बर महिनामा नेपाल घुम्न आउने



काठमाडौं : अमेरिकाका पूर्वराष्ट्रपति तथा कार्टर सेन्टरका संस्थापक जिम्मी कार्टरले नोभेम्बर महिनामा नेपाल घुम्न jimmy-carterआउने बताएका छन् ।

दिमागमा क्यान्सर भएपछि हाल उपचाररत पूर्वराष्ट्रपति कार्टरले नोभेम्बर महिनामा नेपाल आएर चितवन जिल्लाको भ्रमण गर्ने इच्छा व्यक्त गरेका हुन् ।

क्यान्सरसँग जुधिरहेका ९० वर्षीय कार्टरले चिकित्सकहरुको सल्लाह अनुसार नोभेम्बरमा हुने नेपालको भ्रमणको टुंगो लगाउने बताउँदै काठमाडौंबाट दक्षिणमा रहेको भारतीय सिमासँगैको चितवनको भ्रमण गर्ने इच्छा जनाएका हुन् ।

‘मलार्इ आशा छ, म नेपालको भ्रमणमा जान सक्नेछु, काठमाडौंबाट चितवन पुग्न मैले जहाजको यात्रा गर्नुपर्नेछ’, उनले भनेका छन्, ‘नेपाल पुगेर म चितवन जान सक्नेछु, नेपाल भ्रमणका लागि मैले मेरो उपचारको तालिकालार्इ पाँच साता स्थगित गर्नुपर्ने छ, त्यसो गर्न म सक्षम हुनेछु । ‘

अमेरिका ३९ औं राष्ट्रपति कार्टर नेपालको शान्ति प्रक्रियालार्इ सघाउन पटक पटक नेपाल आइसकेका छन् । उनले नोभेम्बरमा नेपाल आउनका लागि डाक्टर र परिवारसँग परामर्श गरिरहेको जनाउँदै नेपालका भ्रमणका लागि आफूलार्इ स्वास्थ्यले साथ दिने पनि विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्