Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

हरेक बर्ष एउटा जिल्लामा बाथरोग सेन्टर



Roshan kachhepati
रोशन कक्षपति,  प्रबन्ध निर्देशक,  नेशनल बाथरोग सेन्टर

अहिले बाथ पहिचानका लागि नेलफोल्ड क्यापिलरोस्कोपी टेष्ट स्थापना गरी सेवा दिन सकेका छौं । बाथले सुक्ष्म नशाहरुलाई पार्ने असर हेर्न यो टेष्ट महत्वपूर्ण मानिन्छ । यस प्रविधिले बाथले नशालाई कति असर ग¥यो र नशाहरुको अवस्था के छ ? भन्ने देखाउँछ । यस किसिमको सेवा विरलै पाइन्छ ।
अहिले मुलुकमा बाथरोगबाट ग्रसित करिब ९० प्रतिशत जनता उपचारबाट बञ्चित छन् । हाल प्रदान भइरहेको बाथ उपचार सेवा पनि शहर केन्द्रित छ । यसलाई दृष्टिगत गरेर नेशनल बाथरोग सेन्टरले बिकेन्द्रिकरणको सिद्धान्त लिएर हरेक वर्ष एउटा जिल्लामा बाथरोग सेन्टर खोल्ने अभियान शुरु गरेको छ । यसबारे नेशनल बाथरोग सेन्टरका प्रबन्ध निर्देशक के भन्छन्—

विकेन्द्रिकरणको अवधारणा
स्वास्थ्य क्षेत्रमा धेरैजसो प्रविधि र स्वास्थ्य संस्थाहरु शहर केन्द्रित छन् । यो समग्र मुलुकका लागि दुर्भाग्य हो । स्वास्थ्य क्षेत्रका कतिपय सुपर स्पेशलाइज सेवा जिल्ला एवं ग्रामीण तहसम्म पुग्न सकेका छैनन् । यसलाई दृष्टिगत गरेर विगत २ वर्षदेखि अटो इम्युन डिजिज अन्तर्गत पर्ने बाथ रोग उपचारका सेवा जिल्ला तहसम्म पु¥याउन सकेमा धेरै नेपाली जनताले स्थानीय तहबाट नै एकको दुइृ गुणा सुविधा पाउन सक्ने अवधारणा र रणनीति लिएर काम गरिरहेका छौं ।
यद्यपी बाथ रोग उपचार सेवा हरेक जिल्लामा पुग्नुपर्छ । यो हाम्रो महत्वकांक्षी योजना हो । हरेक वर्ष एउटा जिल्लामा बाथ रोग सेन्टर स्थापना गर्ने हाम्रो संकल्प छ । काठमाडौंको रातो पुलबाट शुरु भएको नेशनल बाथ रोग सेन्टरको यात्रा ललितपुरको जावलाखेल शाखाको बिस्तारसँगै पोखराको मुस्ताङ चोकसम्म पुगेको छ । यसले पोखरा आसपास क्षेत्रका जनताले आफ्नै घर आँगनमा बाथ रोग उपचार सेवा प्रप्त गर्न सफल भएका छन् ।

गुणस्तर
राजधानीबाहिरबाट प्रदान गरिने बाथ उपचार सेवामा कुनै कमी हुँदैन । अत्याधुनिक सेवा सुविधा र उपकरणको व्यवस्था मिलाइएको छ । रोग पहिचानका लागि अटोइम्युन ल्याबको राम्रो व्यवस्था छ । यद्यपी राजधानीबाट प्राप्त हुने सेवा सुविधा सो सरहको व्यवस्था गरिएको छ । कुनै पनि कञ्जुस्याई गरेका छैनौं ।

विशेषता
उचित प्रविधिको छनौट गरेर केन्द्र स्थापना गर्न सक्षम भएका छौं । यहाँबाट इएनए प्यानल टेष्ट लगायतका धेरै परीक्षणसुविधा प्रदान गरिरहेका छौं । यस किसिमको सुविधा लिन भारत लगायत अन्य विकसित देशमा पुग्नुपथ्र्यो । यसका लागि धेरै खर्च हुन्थ्यो । त्यो खर्चको तुलनामा अहिले ४ गुणा कम सस्तो मूल्यमा नेपालमा सुविधा दिइरहेका छौं । यो हाम्रो उपलब्धी हो । बाथ रोगका लागि क्लिनिकल सुविधा सहित अत्याधुनिक अटो इम्युन ल्याब स्थापना तर्फ हामी अग्रसर छौं । अटोइम्युन रोग परीक्षणका लागि अन्य मुलुक जानुपर्ने परनिर्भरतालाई चुनौति दिएर स्वदेशमा यस किसिमको सुविधा प्रदान गर्दै आत्मनिर्भरतातर्फ अघि बढिरहेका छौं । अहिले बाथ पहिचानका लागि नेलफोल्ड क्यापिलरोस्कोपी टेष्ट स्थापना गरी सेवा दिन सकेका छौं । बाथले सुक्ष्म नशाहरुलाई पार्ने असर हेर्न यो टेष्ट महत्वपूर्ण मानिन्छ । यस प्रविधिले बाथले नशालाई कति असर ग¥यो र नशाहरुको अवस्था के छ ? भन्ने देखाउँछ । यस किसिमको सेवा विरलै पाइन्छ ।

इएनए प्यानल टेष्ट
इएनए भनेको हाम्रो एन्टिबडिजहरुको परीक्षण हो । एन्टिबडिज भनेको रोग निरोधक शक्ति हो । यो शरीरमा सुक्ष्म भएर बसेको हुन्छ । तर बाथ रोग हुँदा यो सक्रिय हुन्छ र शरीरलाई असर गर्न थाल्छ । यसले गोलिगाँठा, मुटु, मिर्गौला, छाला, आँखामा बिस्तारै असर गरेर बाथको भयावह स्थिति सृजना गर्छ । यद्यपी शरीरमा १८ वटा एन्टिबडिज कसरी सक्रिय भइरहेको छ ? भन्ने कुरा इएनए प्यानल टेष्टबाट पत्ता लाग्छ ।

हाम्रो सेवा
हामीले २ वर्षको अवधिमा कुल जनसंख्याको करिब ०.५ प्रतिशत जनतालाई बाथ उपचार सेवा दिन सफल भएका छौं । अमेरिकन सोसाइटी अफ ¥युमेटोलोजीको करिब १० प्रतिशत जनतालाई बाथ रोग हुने तथ्यांकलाई आधार मान्दा मुलुकमा बाथ रोग भएका १० प्रतिशत बिरामी मात्र हाम्रो उपचारको पहुँचभित्र छन् । ९० प्रतिशतले उपचार सेवा पाउन सकेका छैनन् । अहिले हरेक दिन २ सय जनाको बाथ उपचार गर्ने हाम्रो क्षमता छ । त्यसैले पनि हामीले बाथ रोग उपचारका लागि आवश्यक पूर्वाधार तयार पारेर बिकेन्द्रिकरणको सिद्धान्त अवलम्बन गरिरहेका छौं । यसका साथै स्थानीय तहमा बाथ रोग उपचार गर्न सक्ने सक्षम जनशक्ति उत्पादन तर्फ पनि अग्रसर छौं । आगामी २ वर्षभित्र हरेक दिन ५ सय जना बाथरोगी हेर्न सक्ने क्षमता विकास गरिरहेका छौं ।
-बाथरोग उपचारमा रहेका बिरामीले चिकित्सकको सल्लाह अनुसार औषधि नछोड्नुहोला ।
-औषधिको नकारात्मक असर न्यूनिकरण गर्न चिकित्सकको सल्लाहअनुसार मात्रा मिलाएर सेवन गर्नुपर्छ ।
– बाथ रोगको उपचार नहुँदा विभिन्न समस्याहरु आउने गर्छ तर उपचार पाएमा जटिलताबाट छुट पाउन सकिन्छ ।
– बिहान उठ्दा शरीर अ¥ह«रो हुने र गोली गाँठा दुख्ने समस्या भएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुहोला ।

प्रतिक्रिया दिनुहोस्