Logo
|
Friday 29th March 2024
Logo

epaper

पाँच वर्षमा ५० प्रतिशतको स्वास्थ्य बीमा



डा. गुणराज लोहनी कार्यकारी निर्देशक सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति

यस कार्यक्रममा आवद्ध हुनुपर्ने आवश्यकता किन छ ?
थोरै प्रीमियममा अत्यधिक उपचार सेवा प्राप्त गर्न सकिन्छ । यसका लागि कागजपत्र, सर्जिवन, पुलिस रिपोर्ट बनाउन जरुरत पर्दैन ।

मुलुकलाई पार्ने प्रभाव बारे बताइदिनुस् न ?
यसबाट स्वास्थ्य उपचारमा हुने अव्यवस्थित र अनियन्त्रित खर्च कम गर्न सकिन्छ । यसका साथै हेल्थ सिस्टमलाई नै बलियो बनाउँछ । चिकित्सा क्षेत्रमा हराएको इज्जत फर्काउन सकिन्छ । अपेक्षा गरिएको आयुसम्म बाँच्न मद्धत गर्छ ।

सुविधाका लागि के पहल गर्नुभएको छ
प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर पु¥याउने अहिलेको सरकारको लक्ष्य छ । २५ जिल्लाका ८० वटा प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे, इसिजी, अल्ट्रासाउन्ड र प्याथोलोजी ल्याबका सामान उपलब्ध गराउने काम शुरु भइसकेको छ । कैलाली जिल्लामा यस किसिमका उपकरण उपलब्ध भइसकेको छ । अब गाउँका ८० प्रतिशत मानिसले उपचारका लागि बाहिर जानुपर्दैन ।

गरिबी कार्ड वितरण कहिले हुन्छ ?
अहिले २५ जिल्लाका लागि गरिबी कार्ड तयार भइसकेको छ । तर बोर्डको बैठक बस्न नसक्दा गरिबी कार्ड वितरण अभियान अलपत्र परेको हो । चाँडै बोर्ड बैठक बसाल्न समन्वयात्मक पहल भइरहेको छ ।
उपचार सेवाको दायर बढ्छ कि बढ्दैन ?
आवश्यकता अनुसार यो बढाउन सकिन्छ । सबैलाई स्वास्थ्य बीमामा समाहित गराउन सकेमा ३ वर्षको अवधिमा हामीले एउटा परिवारलाई ५ लाख रुपियाँ मूल्य बराबरको स्वास्थ्य उपचार सेवा प्रदान गर्न सक्छौं ।

स्वास्थ्य बीमा अनिवार्य गर्न सकिएला ?
हाम्रो उद्देश्य ५ वर्षमा ५० प्रतिशत नेपालीलाई स्वास्थ्य बीमाको सदस्य बनाउने हो । ३ वर्षभित्र सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम पु¥याउने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्