Logo
|
Thursday 25th April 2024
Logo

epaper

नमोटाऊ तौल घटाऊ



मोटोपनाबाट आजिवन सुरक्षित रहन र कम समयमा मोटोपन घटाउन पूर्ण निर्देशनको आवश्यकता पर्छ । मोटोपनाबाट सुरक्षित रहने र यसबाट मुक्ति पाउने के के उपाय छन् ?
आत्म मन्थन
म मोटोपनाबाट किन ग्रस्त छु र म यससँग लड्न तयार छु ? जस्ता आत्ममन्थन गर्नुपर्छ । निरन्तरको प्रयास, आफू र आफ्नो चिकित्सकसँगको विश्वास र धैर्यताले मोटोपन नियन्त्रण गर्न सकिन्छ । आफू सुन्दर, तन्दुरुस्त, स्लीम देखिने लोभ सफलताको मुख्य आधार हो ।
आत्मा नियन्त्रण
घरमा पाहुना आउँदा धेरै प्रकारका खाना बनाइएको हुन्छ । तपाईं पनि त्यसको मज्जा लिनुहुन्छ । बच्चा र युवा वर्ग टेलिभिजन हेर्दा विस्कुट, चिप्स, कोल्ड ड्रिंक्स जस्ता खाद्य वस्तुको सेवन गर्छन् । मोटोपन नियन्त्रण गर्न सबैभन्दा पहिला यी सबै गलत आदत नियन्त्रण गर्नुपर्छ ।
मर्निङवाक
मोटोपनाबाट छुटकारा पाउन सबैभन्दा सुरक्षित उपाय हिँडडूल पनि हो । त्यसैले दैनिक ३—४ किलोमिटर हिँड्न जरुरी हुन्छ । यसबाट व्लड प्रेसर ठीक रहन्छ । अतिररिक्त बोसो पग्लिन्छि र तौल घट्न मद्धत गर्छ । छालासम्बन्धि समस्या कम हुन्छ ।
जंक फूड नियन्त्रण
पिज्जा, कचौडी, समोसा, वर्गर, सैन्डवीच जस्ता जंक फूडले कब्जीयतको समस्या ल्याउँछ । मोटोपन बढाउँछ । छाला सम्बन्धि समस्या उत्पन्न गराउँछ ।
तनाव नियन्त्रण
तनावबाट बच्न केहि न केहि खाद्यपदार्थ वा पेयपदार्थ लिइरहने बानीले मोटोपना बढ्न मद्धत गर्छ । यदि तनाव भएमा योग अभ्यास र सकारात्मक सोचद्धारा यसलाई नियन्त्रण गर्नुपर्दछ ।
मनतातो पानी
खाना खानुभन्दा पहिले मनतातो पानी पिउनाले भोक शान्त हुन्छ र खानापछि मनतातो पानी पिउनाले खाना सजिलैसँग पच्दछ । मनतातो पानी पिउनाले शरीरमा वेकारको चिज जम्दैन । बिहान मनतातो पानीमा एउटा कागती निचोरेर पिउनाले मोटोपनग्रस्त व्यक्तिका लागि धेरै फाइदाजनक हुन्छ । जोर्नी दुख्ने, एसिडिटि वा गला खराव हुने व्यक्तिले कागति पानी पिउनु हुँदैन । यसले समस्या बढाउन सक्छ ।
आयुर्वेदिक उपचार
आयुर्वेदिक औषधिको सेवनले शरीरमा बोसोको मात्रा कम गर्न र पेट सफा राख्नमा पनि मद्धत गर्दछ । शरीरमा अतिरिक्त पदार्थ जम्न पाउँदैन ।
कफ कम गर्ने खाना
कफ बढाउने आहारले शरीरमा बोसोको मात्रा बढाउँछ । दुध र दूधबाट बनेका परिकार जस्तोः दही, छेना, पनिर, नयाँ चामल, नयाँ गहुँ, आलु र सखरखन्ड धेरै खान हुँदैन । पुरानो गहुँ, चना, जौ, तातोपानी, मसलामा मेथीदाना, मरिच दालचीनी आदिले कफ कम गर्छन् ।
नियमित योग
हठ योगमा बिशेषगरी कुन्जल क्रिया, शंख प्रक्षालनको क्रिया उपयोगी हुन्छ । योगासनमा ताडासन, कटि चत्रासन, पादहस्तासन, सर्वागासन, हलासन, भुजंगासन, धनुरासन,, पश्चिमोत्तासन, मत्स्यासन, अर्धमत्स्यासन तथा उष्ट्रासन, विशेष लाभकारी हुन्छन् । सूर्य नमस्कार एक सम्पूर्ण व्यायाम हो । कपालभाती, सूर्यभेदी एवं भास्त्रिका प्राणायाम पनि मोटोपन नियन्त्रण गर्ने दृष्टिले धेरै लाभदायी हुन्छ ।
खानापछि तत्काल नसुत्ने
खाना खाएपछि शरीरमा कफको मात्रा बढ्ने हुनाले त्यस समय सुत्नाले मोटोपन बढाउँछ । त्यसैले खाना खाएपछि थोरै समय बज्रासनमा विश्राम गर्ने । तातोपानी पिउने र थोरै बेर टहल गर्नुपर्दछ ।
चिनी कम गर्ने
चीनी एक प्राकृतिक खाद्यपदार्थ हो । तर यसलाई धेरै प्रकारका रसायनद्धारा सफा गरिएको हुन्छ । यसले धेरै प्रकारका एलर्जी र छालाको विकार बढाउँछ । सख्खर, गुलियो फल, चास्नी जस्ता गुलियो पदार्थ कम गर्नाले तौल घटाउन मद्धत मिल्दछ ।
शारीरिक परीक्षण
४० वर्षको उमेर पार गरिसकेको हरेक व्यक्तिले वर्षमा १ पटक आफ्नो शरीरको जाँच गराउनुृपर्दछ । अझ मोटोपनले ग्रस्त व्यक्तिलाई यसको आवश्यकता धेरै हुन्छ । थायराइड सम्बन्धि समस्या ,मधुमेह, ब्लडप्रेसर, किड्नी एवंम लिभरको समस्या आदि पत्ता लगाउन जाँच आवश्यक हुन्छ । मोटोपनले पिडित व्यक्तिले लिपिड प्रोफाइल्, ब्लड सुगर, इन्सुलिन लेवल, थायराइड प्रोफाइल आदिको चेकअप अनिवार्य हुन्छ ।
उपवास बस्ने
हप्तामा एक पटक उपवास बस्नाले पाचन प्रणालीलाई आराम मिल्दछ र बोसोको मात्रा कम हुन्छ । शरीरमा उर्जा दिन जमेको बोसो रगतमा जान्छ र उर्जा मिल्दछ तथा तौल कम हुन्छ । यस प्रक्रियामा शरीरमा उपस्थित विषाक्त पदार्थ बाहिर निक्लन्छ र लिवरको क्रियामा सुधार हुन्छ ।

नून नियन्त्रण
नून वा नूनिलो पदार्थको धेरै सेवनले शरीरमा पानीको मात्रा बढाइदिन्छ । यसले शरीर सुन्निन्छ र तौल बढ्छ । नमकीन, समोसा, चिप्स, कचौडी आदिमा रिफाइन्ड घिउ, तेलले नोक्सान पु¥याउँछ । एक वयस्कले दिनभरमा केवल ४–५ ग्राम भन्दा बढी नूनको सेवन गर्न हुँदैन ।
स्टिम बाथ
शरीरबाट अतिरिक्त बोसो पसिनाको माध्यमबाट निकाल्ने यो एक सरल उपाय हो । यस प्रक्रियाका लागि सोनावाथ स्टिम, चैम्बर उपलब्ध हुन्छ । यो स्टिम सामान्य पानीले, एरोमेटिक तेल वा विशेष आयुर्वेदिक काडाले दिइन्छ ।
सामान्यतया यो स्टिम १९–२० मिनेटसम्म दिइन्छ । बेस्टिम बाथले शरीर हल्का बनाउने, बोसो घटाउने र मोटोपनामा कमी ल्याउँछ । उच्च रक्तचाप भएकाहरुले स्टिम वाथ गराउन हुँदैन ।
ड्राइ मसाज
यसमा बीना तेलको प्रयोग मालिस गरिन्छ । व्यक्ति स्वयं आफैं हत्केला वा सुती तौलीयाले सबै शरीरमा घर्षण गर्न सक्दछ । छाला रातो भएमा यो क्रिया बन्द गर्नुपर्छ । आयूर्वेदिक पञ्चकर्म पद्धतिमा उद्वर्तनको प्रक्रिया गरिन्छ । जसमा धेरै प्रकारका चूर्णको प्रयोग गरेर मालिस गरिन्छ । यसमा चूर्णको शरीरमा रगड्ने एक खास विधि हो । यो विधि मोटोपन कम गर्न लाभदायक मानिन्छ । यदि छाला फुस्रो हुने र इन्फेक्सन भएमा यस क्रिया अपनाउन हुँदैन ।
कोलेस्ट्रोल नियन्त्रण
वीएल डिएल र एलडिएलको मात्रा बढेमा कम गर्नुपर्दछ । यसका लागि मनतातो पानी सेवन गर्ने भोजनमा मेथीदाना, दालचिनी र लसुन को मात्रा बढाउनुपर्छ । अर्जुन छालको चूर्णबाट बनेको चीयाको प्रयोग गर्ने । यसका साथै गुग्गुलबाट निर्मित औषधि धेरै लाभदायक हुन्छ ।
फाइबर
फाइवर भएका पदार्थको सेवनले भोक कम लाग्दछ । क्यालोरीको मात्रा बढ्दैन र पेट सफा रहन्छ । काँक्रो, प्याज, गाँजर, टमाटर, आदिको सेवन धेरै फाइदाजनक हुन्छ । पेट सफा हुनाले अरु रोग जस्तो पेटको क्यान्सर पनि कम पार्दछ । यो फाइवर पेटमा रहेका पानी सोचेर फूल्दछ र पेट सफा गर्नमा सहायक हुन्छ ।
कब्जियत हटाउने
मोटोपनले ग्रस्त व्यक्ति कब्जियतले पिडीत हुन्छन । उनीहरुको शरीरमा फ्याट तथा विषाक्त पदार्थ धेरै अवशोशित हुन्छ । यस्तोमा उच्च फाइवर आहारको सेवन गर्नुपर्दछ । अन्जीर, मेवा, त्रिफलाको प्रयोगले पुरानो भन्दा पुरानो कब्जियत हटाउन मद्धत गर्दछ ।
शाकाहारी
मांसाहारीको तुलनामा शाकाहारी हल्का र सुपाच्य हुन्छ । शाकाहारमा कम क्यालोरी मिल्दछ । साथै भिटामिन, खनिजपदार्थ पर्याप्त मिल्दछ । शरीरको सक्रियता बढिरहन्छ र मोटोपन घट्न मद्धत गर्छ ।

प्रतिक्रिया दिनुहोस्