Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

चकचके बच्चा



 

के तपाईको बच्चा विद्यालय जान मान्दैन, चकचके छ अथवा चुम्बक टाँसिएजस्तो टेलिभिजन हेरिरहन्छ ? यदि छ भने यो एक किसिमको मानसिक समस्या हुनसक्छ । बालबालिकाहरुमा भएको मानसिक समस्या उनीहरुको व्यवहारबाट देखिने गरेपनि यसलाई वास्ता गरिदैन ।

बानी व्यवहारमा परिवर्तन
बच्चा चकचके हुने पनि मानसिक समस्याको एउटा रुप हो । यसलाई एटेन्सन डेफिसेट हाइपरएक्टिभिटी डिस्अर्डर भनिन्छ । यस किसिमको समस्या भएका बच्चाहरुले अध्ययन र विभिन्न क्रियाकलापमा ध्यान दिन सक्दैनन् ।

  •  कक्षा कोठामा पढाइमा ध्यान नदिने
  •  साथीभाइहरुलाई पिट्ने
  • चकचक गर्ने
  •  कसैका सामान झिकिदिने
  •  भनेको नमान्ने
  •  घरमा चुम्बक टाँसिए
  •  सरी टेलिभिजन हेरिरहने

टेलिभिजन धेरै समय हेर्न नदिने
सानो उमेरदेखि नै टेलिभिजन हेर्ने बच्चाहरुमा एटेन्सनको धेरै समस्या हुने गर्छ । अमेरिकन एकेडेमिक अफ पेरियाट्रिक्सले बच्चालाई दिनमा एक घण्टा भन्दा बढी टेलिभिजन हेर्न नदिन सुझाव दिएको छ । टेलिभिजनमा हरेक सेकेन्डमा केही न केही परिवर्तन भइरहेको हुन्छ र मस्तिष्कले जतिसक्दो चाँडो यसलाई क्याच गर्नुपर्छ र बच्चाहरु चुम्बक टाँसिएजसरी टेलिभिजन हेरिरहेका हुन्छन् । यसले बच्चालाई फास्ट एक्सनको बानी पार्छ । त्यसैले बच्चालाई धेरै समय टेलिभिजन हेर्न दिन हुँदैन ।
वच्चाहरुसँग समय बिताउने
आफ्नो आधारभूत आवश्यकता परिपूर्तिका लागि अभिभावकहरु व्यस्त छन् । उनीहरुमा भागदौड छ । त्यसैले शहरीकरणले बच्चाहरु रिस्ट्रिक्टेड भएर आएका छन् । उनीहरुको स्वभाव असामान्य तरिकाले विकास भइरहेको छ । तनावका कारण बच्चाहरुमा मानसिक समस्या बढ्दो गतिमा भएकाले अभिभावकले उनीहरुका लागि प्रयाप्त समय दिनुपर्छ । यसबाट बच्चाहरुले आफ्नो समस्या बताउँछन् ।
सिर्जनशील काममा संलग्न गराउने

  • बच्चा बिग्रियो, भनेको मान्दैन
  • चकचके छ
  •  स्कूल जान मान्दैन
  •  बीचबीचमा बेहोस भएजस्तै ढल्छ
  • कहिलेकाँही सिधै झगडा गर्न आउँछ
  •  रिसाउने र पिट्ने गर्छ
  • पढ्न नै सक्दैन भन्ने धेरै अभिभावहरुको गुनासो हुन्छ । त्यसैले बच्चालाई अन्य कुनै सिर्जनशील काममा संलग्न गराउने कोशिस गर्नुपर्छ ।
    मानसिक समस्याको कारण पत्ता लगाउने
    तनाव र मानसिक समस्या एक अर्काका पर्याय हुन् । पढ्न नसक्ने बच्चाहरुलाई निकै तनाव हुने गर्छ । कतिपय अवस्थामा वंशाणुगत र वाह्य वातावरण दुवै मिलेर बच्चाहरुमा तनाव उत्पन्न हुन्छ । यसरी तनाव उत्पन्न हुनमा कहिलेकाँही वंशाणुगत र कहिलेकाँही वातावरणीय बाह्य कारणले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसैले बालबालिकामा मानसिक समस्या बढाउनुको कारण पत्ता लगाउने कोशिस गर्नुपर्छ ।
    बच्चामैत्री र सुमधुर वातावरण
    बच्चाहरु अरुको रुटिनमा चल्नुपर्छ । पढ्न र लेख्नुका साथै साथीभाइ बीचमा स्वीकार्य हुनुपर्ने कुराले बच्चाहरुमा तनाव बढाइरहेको छ । म कहाँ फिट हुन्छु भनेर बच्चाले आफ्नो पहिचान खोजिरहेको हुन्छ । त्यसैले उनीहरुको समस्या बुझ्ने कोशिस गर्नुपर्छ । यसका साथै घरमा बच्चामैत्री र सुमधुर वातावरण बनाउनुपर्छ । जस्तोः घरमा बुबाआमाबीच कलह नगर्ने, जाँड रक्सी खाएर घरमा नआउने आदि ।

प्रतिक्रिया दिनुहोस्