Logo
|
Friday 19th April 2024
Logo

epaper

बिरामीको मर्का कस्ले बुज्ने, पाटन अस्पालत अस्तव्यस्त



महांकाल गाउँपालिका–२ माल्टाकी अम्बिका अधिकारीलाई पिसाब नलीको समस्याको उपचार गर्न शुभतारा अस्पालतबाट बुधबार पाटन अस्पालतमा रिफर गर्‍यो । अम्बिकालाई सोही दिन पाटन अस्पतालको इमर्जेन्सीमा ल्याइयो । अस्पतालकै स्टाफले २६ नम्बर कोठामा पुर्‍याई उनको उपचार गराइयो । उपचारपछि ‘फलोअप चेकअप’ गर्न पुनस् बोलाइयो ।

निरक्षर अधिकारी दम्पतीले शुक्रबार भने २६ नम्बर कोठा खोज्न नसकेर हैरान खेप्नुपर्यो । सुरुमा जचाउँदा पछि जचाउन आउँदा २६ नम्बर कोठामा जानु भनेर पठाएको बताउँदै डोलप्रसादले भने, ‘बल्लतल्ल २६ नम्बर कोठा खोजें । घण्टौ लाइनमा बसे । तर जचाउने क्रममा टिकट नभएको भन्दै डाक्टरले फिर्ता पठायो ।’

दक्षिण दुर्गम पहाडी गाउँबाट आएका उनले दुस्खेसो पोखे, ‘पुनस् २६ नम्बर कोठा नजिकै टिकट काटेर लाइनमा बसेर जचाएँ ।’ ‘अस्पतालकमा आउने गरेकासँग सहायत माग्दा आफू जस्तै अनविज्ञ भएको बताउँछन्,’ उनले भने, ‘अस्पतालका स्टाफहरुलाई बोल्ने फुर्सद छैन ।’ अस्पतालमा सहायता कक्ष छ । तर कर्मचारी नबस्दा बिरामी र कुरुवा मर्कामा पर्ने गरेका छन् ।

मकवानपुर थिङगीनका हरिप्रसाद तामाङकी श्रीमतीलाई खुट्टा सुन्निने रोग छ । उनलाई पनि शुक्रबार फलोआप चेकअप गर्न बोलाइएको थियो । श्रीमती लक्ष्मीको पिसाब चेकअप गराउन पैसा तिर्ने कोठा थाहा नभएर आफूले हैरानी खेप्नु परेको उनले बताए । ‘मलाई राम्रोसँग नेपाली भाषा बोल्न आउँदैन,’ उनले भने, ‘पिसाब कहाँ लगेर दिने, जाचेको रिपोट कहिले कहाँ लिन जाने थाहा छैन ।’

काभ्रे पनौतीका नविन लामा कहाँ टिकट काट्ने, कहाँ गएर जँचाउने अन्योलमा थिइन्् । ‘टिकट काट्ने ठाउँमा १६ नम्बर कोठामा जानु भन्छ,’ उनले भने, ‘तर कोठामा पुग्ने बाटामा चिन्ह राखिएको छैन ।’

यी तीन प्रतिनिधि पात्रमात्र हुन् । उनीहरु जस्तै पाटन अस्पालतमा जचाउन आउने दैनिक हजारौ संख्याका बिरामी कहाँ जाने कसलाई भेट्ने भन्नेबारेमा अन्योलमा पर्ने गरेका छन् । अस्पतालको मूल द्वारबाट पश्चिम पट्टी लाग्ने बितिकै ‘के चाहनु हुन्छ रु मलाई सोध्नु होस्’ भनी लेखिएको सुचना सहायता कक्ष देखिन्छ । अस्पालत प्रशासन अनुसार कक्षमा बिहान ८ देखि बेलुका ४ बजेसम्म कर्मचारी बस्ने व्यवस्था मिलाइएको छ । तर कक्षमा कहिल्यै कर्मचारी भेटिंदैनन् । शुक्रबार दिनभरजसो सहायता कक्षमा कर्मचारी थिएनन् ।

सुचना सहायता कक्ष नपुग्दै अस्पतालको पश्चिम भित्तामा ‘कति नम्बर कोठामा के के बिरामीको जाँच हुन्छ’ भन्ने लेखिएको साइनबोर्ड छ, जसको रङ खुइलिसकेको छ । इर्मेन्जेसी कोठामा जाने दक्षिण ढोकामाथि ‘एक जना बिरामीसँग एक जनामात्र कुरुवा बस्नु होला, बिमारीलाई ‘ट्रिएज सेक्सन’ मा लगि प्रारम्भिक जाँच गर्नु होला, डाक्टर राउन्डको बेलामा इमर्जेन्सीभित्र नपसी अस्पताल व्यवस्थापनलाई सहयोग गर्नुहोला, इर्मेजेन्सी डिपाटमेन्टलाई हुलमुक्त तथा हल्लामुक्त बनाउन सबैले सहयोग गर्नुहोला’ भनी लेखिएको सुचना (फलेक्स) टासिएको छ । फ्लेक्ससमेत नबुझिने गरी धुलाम्मे छ । उक्त सूचना नजिकै बिहानको डाक्टर राउन्ड (८–९), दिउँसो (३:३०–४:३०), राती (८–९) को समयमा ढोका बन्द हुने लेखिएको फ्लेक्स पनि धुलाम्मे छ । एक्स–रेको रिपोर्ट लिने ठाउँमा मार्करले झ्याल नम्बर २ लेखिएको छ । सानो अक्षरमा भएकाले बिरामीले हत्तपत्त देखिदैनन् ।

सूचना बोर्ड च्यातिएको छ । थाममा ‘कृपया रिपोर्टबारे सोध्नुपरेमा, बुझ्नुपरेमा अथवा रिपोर्ट लिनुपरेमा रिपोर्ट बोड्ने ठाउँमा नै सम्पर्क गर्नुहोला’ भनी फोटोकपी पेपरमा प्रिन्ट गरेर टाँसिको छ । जुन निरक्षर र आँखा कमजोर भएकाहरुले बुझ्न सक्ने किमिसको छैन । रगत जाँच गर्ने कोठाको मूल ढोकाको भित्तामा ‘साइलेन्ट’ लेखी टासिएको सूचना उप्किएको छ । ल्याब नम्बर १३ मा जाने भनी मार्करले लेखिएको बुझ्ने खालको छैन । पैसा तिर्ने ठाउँमा टोकन सिस्टममका लागि राखिएको ७ वटा डिस्प्ले बोर्ड बन्द छ । पाटन अस्पतालका प्रशासकीय अधिकृत लीलाराज आचार्यले पहिलाभन्दा धेरै नै अस्पालत व्यवस्थित भइसकेको दाबी गरे । ‘सूचना सहायत कक्षमा कर्मचारी बस्ने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘पाटन चर्च र सत्यसाई बाबा केन्द्रबाट सहायता कक्षमा खटिएका दुई कर्मचारीलाई हामीले खाजा र खानाको खर्चमात्र व्यहोर्दै आएका छौ ।     _ कान्तिपूर बाट

प्रतिक्रिया दिनुहोस्