Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

पुत्र मोहमा बढ्दो गर्भपतन



सामाजिक चेतनास्तरमा वृद्धि भए पनि शिक्षित परिवारका सदस्यहरू नै छोरा मोहबाट मुक्त हुन सकेका छैनन् । सहरभित्रकै अधिकांश परिवारमा छोरा मोहका कारण महिलाहरू बारम्बार गर्भपतन गर्न बाध्य छन् । पटकपटक गर्भपतन गराउँदा महिलाको शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर देखिएको छ ।
वीरेन्द्रनगर निवासी डिला ९नाम परिवर्तन० आठौं पटकसम्म गर्भवती हुनुभयो । धेरै पटक गर्भवती हुने उहाँको रहर भने होइन । परिवारले छोरा नै जन्माउन दबाब दिएपछि उहाँले आठांै पटकसम्म गर्भपतन गराउनुभयो । गर्भमा छोरी नै रहेको र परिवारले छोराको अपेक्षा गरेपछि उहाँ गर्भपतन गर्न बाध्य हुनुभयो । परिवारले दबाब दिए पनि उहाँको गर्भबाट छोरा जन्मन भने सम्भव भएन ।
छोरोछोरी दुवै बराबर हुन् भन्ने डिला र उहाँको परिवारलाई राम्रो ज्ञान छ । चार छोरीलाई जन्म दिइसकेकी डिलाले गर्भपतन गराउन औषधि, बाख्राको पिसाब, कुबिन्डोको तरकारी र गहत खाएको बताउनुभयो । ‘धेरैपटक गर्भपतन गराउँदा शारीरिक र मानसिक तनाव सहनुपर्‍योु, उहाँले भन्नुभयो, ‘तर मैले छोरा जन्माउन सकिनँ, अहिले त अब आफैं शारीरिक रूपमा कमजोर भएको छु ।ु गर्भको लिंग पहिचान गरेर गर्भपतन गर्नु कानुनी अपराध हो तर छोराको मोहमा उहाँले आठ पटकसम्म गर्भपतन गर्नुभयो । गर्भपतन गराउन नेपालगन्ज र भारतसम्म गएको उहाँको भनाइ छ । धेरैपटक गर्भपतन गर्दा डिलाको पाठेघर खसेका कारण रिङ राखिएको छ । पाठेघरको समस्याले तत्लो पेट दुख्ने र शरीर नै कम्मजोर भएपछि उहाँ तनावमा हुनुहुन्छ ।
जिल्लाको भेरीगंगा नगरपालिका निवासी माया ९नाम परिवर्तन० ले छोराको आसमा पाँच छोरीलाई जन्म दिनुभयो । छैटौंपटक गर्भवती हुनुभएकी मायाले गर्भमा छोरा भए नभएको जान्न नेपालगन्जमा जाँच गर्नुभयो । गर्भमा छोरी नै देखियो । उहाँले भन्नुभयो, ‘गर्भमा छोरी छ भन्ने थाहा पाएपछि गर्भपतन गरेर आएँ ।ु छोरा नभएपछि घरपरिवार र समाजले हेलाँ गर्ने गरेको भन्दै उहाँले दुखेसो पोख्नुभयो । उहाँको परिवार पनि शिक्षित नै छ तर छोराको मोहमा उहाँले धेरैटक गर्भपतन गराउनुभयो । उहाँले भन्नुभयो, ‘छोरा र छोरी समान हुन्, मलाई थाहा छ तर घरपरिवारको कुरा नमान्दा हेलाँ गर्छन्, छोराकै आसमा तीनपटक गर्भपतन गराएँ ।ु

सुर्खेतमा पछिल्लो सयम गर्भको लिंग पहिचान गरेर गर्भपतन गर्ने क्रम बढ्दो छ । गर्भपतनका कारण अधिकांश महिलाको शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पुगेको छ । पाठेघर खसेका कारण महिला थप पीडित बनेका छन् ।
सुर्खेतकै रूपकला ९नाम परिवर्तन० ले पनि छोराको चाहना पूरा गर्न तीनपटक लिंग पहिचान गरेर गर्भपतन गराउनुभयो । ‘मैले तीन पटकसम्म गर्भपतन गराएँ, छोरा नजन्मेपछि सबैले हेलाँ गर्छन् ।ु रूपकला अहिले मानसिक र शारीरिक रूपमा अशक्त हुनुहुन्छ । गर्भपतन गरेका कारण उहाँको पेट दुख्ने समस्या छ । उहाँले भन्नुभयो, ‘छोरा जन्माउन श्रीमान्ले अर्को विवाह गर्छन् कि रु भन्ने डरले गर्भपतन गरेकी हुँ, अहिले आफ्नै स्वास्थ्यमा असर पर्‍यो ।ु पछिल्लो समय गर्भमा लिंग पहिचान गरेर गर्भपतन गर्ने क्रम बढ्दो छ । गर्भपतनका कारण जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्यमा गम्भीर असर पुगेको छ । यस्तै उनीहरू शारीरिक तथा मानसिक रूपमा समेत पीडित बनेका छन् ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतका निमित्त मेडिकल सुपरिटेन्डेट डाक्टर डम्बर खड्का लिंग पहिचानपछि गरिने गर्भपतन बड्दो रहेको बताउनुहुन्छ । उहाँले औषधि सेवन गरेर गर्भपतन गर्दा महिलामा अझ समस्या हुने गरेको बताउनुभयो । बारम्बार गर्भपतन गर्दा महिलाको पाठेघरमा गम्भीर असर पुग्ने उहाँको भनाइ छ । यस्तै सुर्खेतका प्रमुख महिला विकास अधिकृत जमुना पौडेलले गर्भको लिंग पहिचान गरेर छोरी भएकै कारणले गर्भपतन गर्नुले महिलाको जन्मने मानवअधिकार नै हनन् भएको बताउनुभयो ।
‘विपन्नभन्दा हुनेखाने र अलि सम्पत्ति भएकाहरूले नै छोराको चाहाना राख्दछन्ु, उहाँले भन्नुभयो, ‘महिला घरपरिवार र समाजबाट त सुरक्षित हुन सकेका छैनन् नै, आमाको कोखमा समेत असुरक्षित छन् ।ु सिविन नेपालका जिल्ला बाल संरक्षण अधिकृत संगीता वलीले छोराको चाहाना बढी हुँदा यो समस्या आएको बताउनुभयो । कानुन कार्यान्वयन नहुँदा यो समस्या बढेको उहाँको भनाइ छ ।- अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्