Logo
|
Wednesday 24th April 2024
Logo

epaper

महिनावारी सहज बनाउने खाना



महिनावारीको समयमा अमिलो, पिरो, मसालेदार, तारेको चिज खान हुँदैन भन्ने कुरा धेरैलाई थाहा हुनसक्छ तर महिनावारी भएको बेला कुन चिज खाने भन्ने कुरा धेरै कम मानिस मात्र जान्दछन् ।
दुःखाइको कारण
महिनावारीमा दुःखाइको कारण यूट्रस वा पेल्विक आर्गन्स नै हो भन्न सकिँदैन । कहिलेकाँही मोटोपन, नशाको लत वा वंशाणुगत कारणले पनि यस्तो हुनसक्छ । थकान, उल्टी आउने, झाडापखाला, तनाव, कम्मर दुःख्ने, टाउको दुःख्ने आदि यसका लक्षण हुनसक्छ । कुनै रोग, गर्भाशयसम्बन्धी समस्या वा धेरै रक्तश्राव पनि हुनसक्छ । यो पेल्विक इन्फेक्सन, सेक्सुअली ट्रान्समिटेड डिजिज वा एन्डोमिट्रियोसिसको समस्याका कारण पनि महिनावारीमा तल्लो दुख्न सक्छ । शरीरमा एन्डोक्राइन हर्मोनको कमी र महिनाबारी सुक्ने (मेनोपाँज) को शुरुवातीको अवस्थामा पनि तल्लो पेट दुख्नसक्छ । यसको साथै एनिमिया, धेरै रक्तस्राव, आइरनको कमीले पनि तल्लो पेट दुख्नसक्छ ।
कसरी छुटकारा पाउने ?
पीएमएस (प्री—मेन्सटुअल सिन्ड्रोम), महिनावारी भन्दा केही दिन पहिले शरीरमा शारीरिक वा मानसिक परिवर्तनका कारण केटीहरुमा चिडचिडापन, थकावट र विनाकारण रिस उठ्ने देखिन्छ । पीएमएसको समस्याबाट छुटकारा पाउन खास कुरामा ध्यान दिनुपर्दछ । खानामा म्याग्नेशियम प्रयोग गरेर पीएमएसको लक्षण कम गर्न सकिन्छ । मस्तिष्कमा सेरोटोनिन नामक रसायन हुन्छ जसले मूड र दुःखाइको अनुभूतिमा अहम् भूमिका निभाइरहेको हुन्छ । म्याग्नेसियमले सेरोटोनिनलाई नियन्त्रणमा राख्छ ।
म्याग्नेसियम धेरै पाइने खाना (ब्राउन राइस, मुसुराको दाल, काजू, सूर्यमूखीको गेडा, पालक, सिमी आदि) । आफ्नो डायट (खाना) मा बोसो कम गर्नु भन्दा हेल्दी फ्याट सामेल गर्दा राम्रो हुन्छ । महिनावारी भन्दा दुइ हप्ता पहिले आफ्नो खानामा हेल्दी फैट सामेल गर्नुपर्छ ।
हेल्दी फ्याट धेरै पाइने कटुसको गेडा, ओखर, टूना, साल्मन फिस आदि खाने गर्नुपर्छ । पोटाशियमले पनि पीएमएस नियन्त्रण गर्न निकै मद्दत गर्छ । यसका लागि धेरै पोटासियम पाइने केरा, सुन्तला, स्याउ, कागतिपानी, नरिवलपानी आदि आफ्नो दैनिक खानामा प्रयोग गर्नुपर्छ । लौका, काँव्रmो र तरबुजामा पानीको मात्रा धेरै हुन्छ । यो खाएमा शरीरमा पानीको मात्राको कमी पूरा हुन्छ ।
कस्तो भोजन ?
सागसब्जी
आफ्नो दैनिक खानामा ताजा सब्जी जस्तो पालक , मेथी, हरियो प्याज आदि सामेल गर्नुपर्छ । सब्जीमा धेरै प्रकारका भिटामिन र मिनरल्स पाइन्छ । यसले हाम्रो शरीरमा पोषक तत्वको कमी हुन दिँदैन । यसका साथै यस्ता वस्तुमा क्यालोरीको मात्रा कम हुने भएकाले अनावश्यक तौल बढ्दैन । यसका साथै एन्टी अक्सिडेन्टले शरीरबाट टक्सिन बाहिर निकाल्दछ । सागसब्जीमा पाइने पोषक तत्व दुःखाई कम गर्नमा निकै मद्दतगार हुन्छन् । हरिया र पत्तेदार सागसब्जीको साथै हरियो मटर, टमाटर, बन्दागोभी, एवोकैडो आदि खानाले महिनावारीको दुःखाइमा धेरै राहत मिल्छ ।
फलफूल
फलफूलमा धेरै प्रकारका भिटामिन र मिनरल्सहरु पाइन्छ । यसले शरीरलाई पर्याप्त पोषण दिन्छ । फलफूलमा पर्याप्त मात्रामा पानी हुन्छ । यसले तपाईलाई डिहाइड्रेशनबाट टाढा राख्छ । भिटामिन सी धेरै पाइने फलफूल रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । महिनावारीमा दुःखाइबाट छुटकारा पाउन भिटामिन सी धेरै पाइने सुन्तला, मेवा, आँप, स्ट्रवेरी, अंगुर, अनार, लिची, एवोकैडो आदि खानुपर्छ ।
दूध
दूध, दही आदिमा पर्याप्त क्याल्शियम हुन्छ । यसले हाम्रो शरीरमा आवश्यक क्यालिशयमको मात्रा पूर्ति गर्दछ । क्याल्शियम खानाले दुःखाइको समस्याबाट छुटकारा पाउन सकिन्छ ।
पानी
पर्याप्त पानीको सेवनले शरीरबाट सबै टक्सिन बाहिर निकाल्न मद्दत गर्छ र तपाइ डिहाइड्रेशनबाट टाढा रहनुहुन्छ । पानीले पेटको मांशपेशीलाई आराम दिएर पेट दुःखाइबाट छुटकारा दिलाउँछ ।
के कम गर्ने ?
नूनिलो
खानामा नूनको मात्रा कम गर्नुपर्दछ । पोटेटो चिप्स, सोडा, चीज, सोयासस आदिबाट टाढा रहनुपर्छ । यसले पेट फूल्ने समस्या हुन्छ ।
कफी
चिया, कफी जस्ता कैफिनयुक्त पदार्थले पेट दुःख्ने, तनाव, थकान आदिको समस्या हुनसक्छ ।
तारेको मसालेदार खाना
यो बेला पाचनशक्ति कमजोर हुने भएकाले धेरै बोसो पाइने चिज जस्तो, चीज, बटर आदि खानबाट बच्नुपर्छ । भेजिटेबल आयल र रेड मिट आदिबाट टाढा रहनुपर्छ । यसमा पाइने अनसैचुरेटेड फैटले दुःखाई बढाउँछ ।
दुःखाई कम गर्ने घरेलु उपाय
पुदीना
पुदीनाको ताजा पातलाई पानीमा उमाल्ने र एक चम्चा मह मिलाएर दैनिक दुइपटक पिउनाले दुःखाइबाट राहत मिल्छ । मिन्ट आयलले १५ मिनेट पेटको मालिश गर्नाले पनि दुःखाइबाट राहत पाउन सकिन्छ ।
तुलसी
तुलसीको पातलाई पानीमा उमालेर त्यसमा एक चम्चा मह मिलाएर दिनमा तीन पटक खानाले दुःखाइ कम हुन्छ । तुलसीले धेरै प्रकारका इन्फेक्शनबाट बचाएर शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । तुलसीको पात चपाएर खाँदा पनि तपाई दुःखाइबाट छुटकारा पाउन सक्नुहुन्छ ।
दालचिनी
दालचिनीमा रहेको तत्वले महिनावारीको समयमा हुने दुःखाइबाट राहत दिलाउँछ । दुःखाइ हराउन एक चम्चा दालचिनी पाउडरमा २ चम्चा मह मिलाएर खाँदा फाइदा मिल्छ ।
अदुवा
एक कप पानीमा अदुवाको थोरै रस मिलाएर दुइ मिनेटसम्म उमाल्ने र त्यसपछि थोरै मह मिलाएर पिउनाले महिनावारीमा धेरै दुःखाइ हुँदैन । महिनावारीको समयमा खाना खाएपछि दिनमा तीन पटक यो पिउनाले कुनै पनि समस्या हुँदैन ।
एलोवेरा
पीएमएसको प्रभाव कम गर्न र दुःखाइबाट राहत पाउन महिनावारी भन्दा एक हप्ता पहिलेदेखि सँधै एक चमच एलोवेरा जेलमा एक चिम्टी मरिच पाउडर मिलाएर खानुपर्छ ।

पूरै महिनाको डायट प्लान
महिनावारीको समय ( १—५ दिन सम्म)
महिनावारीको समयमा तपाई भावनात्मक रुपले धेरै संवेदनशील हुनुहुन्छ । यो समयमा तपाइले म्याग्नेसियम धेरै पाइने पालक र साबुत अनाज आफ्नो डायटमा सामेल गर्नुपर्दछ । यसकासाथै ओमेगा—३, फैटी एसिडयुक्त ओखर, साल्मन र सार्डिन फीस खाने ।
६—१३ दिन सम्म
यो समयमा तपाइको शरीरमा हर्मोन्सको स्तर बढ्छ । यसले तनाव आदिबाट राहत मिल्छ । यो समयमा तपाइले हेल्दी डायटमा ध्यान दिनुपर्दछ । त्यसैले धेरै भन्दा धेरै फलफूल र सागसब्जीलाई आफ्नो डायट (खाना) मा सामेल गर्ने ।
१४—१७ दिन सम्म
यो समय तपाइ धेरै राम्रो महसुस गरिरहनुहुन्छ । त्यसैले आफूलाई मन परेको चिज आफ्नो खानामा सामेल गर्न सक्नुहुन्छ । डायटलाई भूलेर मन परेको चीज र बटरको फाइदा उठाउनुहोस् ।
१८ —२३ दिन सम्म
यो समयमा शरीरमा प्रोजेस्टेरोन हर्मोन्सको स्तर बढ्दछ । यसका साथै पाचनतन्त्र पनि कमजोर हुन्छ । यो समय तपाइले फाइवरयुक्त ब्राउन राइस, जौ, र सागसब्जी खानुपर्दछ । यसले तपाइलाई कब्जीयतको समस्या हुँदैन र तपाई जोशले भरपुर रहनुहुन्छ ।
२४ — २८ दिन सम्म
यो पीएमएसको समय हो र यो समयमा तपाइले आफ्नो डायटको खास ख्याल राख्नुपर्दछ । खानामा प्रोटिन र कार्वोहाइड्रेटयुक्त चिज खानुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्