Logo
|
Thursday 25th April 2024
Logo

epaper

मिर्गौला फालिएको प्रकरण : क्षतिपूर्तिको लोभले विवाद



आफैँले उपचार गरी एक महिनाअघि ‘डिस्चार्जु गराएका बिरामीका कारण प्रस्तावित मनमोहन मेडिकल कलेज एन्ड शिक्षण अस्पताल विवादमा तानिएको छ । पत्थरीको शल्यक्रिया गरेर घर फर्किएका नुवाकोट विदुरका शिवप्रसाद रिमालले उपचारमा लापरबाही भएको भन्दै न्यायका लागि प्रहरी(प्रशासन र सञ्चारमाध्यम धाउन थालेपछि अस्पताल विवादमा तानिएको हो । विवाद सुल्झाउन वार्ता र अनुसन्धान अघि बढाउनुपर्नेमा बिरामी र अस्पताल दुवै छुट्टाछुटै पत्रकार सम्मेलन गरेर आरोप(प्रत्यारोपमा उत्रिएका छन् ।
रिमालले आफ्नो पत्थरीको शल्यक्रिया गर्नेक्रममा अस्पतालले मिर्गौला नै झिकिदिएको र गुपचुपमै परिवारसँग सम्झौता गरेको भन्दै न्यायका लागि प्रहरीसमक्ष पुगेको बताएका छन् । अस्पतालले भने ज्यान बचाउन मिर्गौला भिक्नुपरेको र मानवीयता अंगाल्दै रिमाल र उहाँको परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको बताएको छ ।
रिमालको शल्यक्रियामा संलग्न युरोलोजिस्ट प्राडा गुणकुमार श्रेष्ठका अनुसार एक वर्षअघि वैदेशिक रोजगारीबाट फर्केका ३२ वर्षीय रिमाल कोख अत्यधिक दुखेको अवस्थामा गत जेठ २२ गते उपचारका लागि अस्पतालमा भर्ना हुनुभएको थियो । स्वास्थ्य जाँचक्रममा रिमालको दुवै मिर्गौलामा पत्थरी देखिएको थियो । बायाँ मिर्गौला भने मूत्रथैलीको नजिकै ९सामान्यभन्दा फरक स्थानमा० रहेको पाइएको थियो । त्यस्तो अवस्थामा शल्यक्रिया गर्दा जटिलता आउन सक्नेबारे अस्पतालले बिरामी पक्षलाई जानकारी गराएको थियो ।
‘शल्यक्रिया गर्दा कुनै जटिलता आए चिकित्सक दोषी हुने छैनन्ु भन्ने सहमतिपत्रमा समेत रिमालको परिवारलाई हस्ताक्षर गर्न लगाइएको थियो । अस्पतालका अनुसार शल्यक्रियाक्रममा आन्द्रासँग पनि मिर्गौला टाँसिएको पाइयो र उक्त मिर्गौलाको पत्थरी निकाल्दा रक्तस्राव हुन थालेकाले रिमाललाई बचाउन मिर्गौला नै झिक्नुपरेको हो । उहाँको जेठ २५ गते शल्यक्रिया भएको थियो ।
डाक्टरको कुनै लापरबाही नभएको र मिलिसकेको विषयलाई अहिले आएर उठाउनु क्षतिपूर्तिको लोभ भएको अस्पतालको दाबी ।
रिमाल र अस्पतालबीच शल्यक्रिया गर्दा मिर्गौला झिकिएकाले नकारात्मक प्रभावबाट बचाउन रिमाललाई निःशुल्क उपचार गर्ने, उहाँलाई रोजगारी दिने, पछि प्रत्यारोपण गर्नुपर्ने अवस्था आए त्यसमा सहयोग गरिदिनेलगायत ६ बुँदे सम्झौता भएपछि रिमाल घर फर्कनुभएको थियो । असार ४ गते अस्पतालका संयोजक डा। रामकुमार अधिकारी र बिरामी रिमालकी श्रीमती रञ्जुले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
हस्ताक्षर भएसँगै सेलाएको घटनामा रिमालले अचानक आफूलाई अन्याय भएको भन्दै ५० लाख क्षतिपूर्ति माग गरेको र आफूहरुको प्रतिष्ठामा आँच आउने गरी जथाभावी बोल्न थालेको अस्पतालको भनाइ छ । डाक्टरको कुनै लापरबाही नभएको र मिलिसकेको विषयलाई अहिले आएर उठाउनुमा क्षतिपूर्तिको लोभ र राजनीति भएको आरोप अस्पतालले लगाएको छ । तर रिमाल र उहाँका आफन्तले मिर्गौला झिक्नुको कारणको मागसहित ५० लाख क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेको छ ।
आफ्नो मिर्गौला अन्य प्रयोजनका लागि झिकिएको हुनसक्ने रिमालको आरोप छ । मिर्गौला झिकेर लापरबाही गरेको र आफूलाई थाहा नदिइकन परिवारलाई प्रभावमा लिएर सम्झौता गरेको रिमालको भनाइ छ । गुपचुप गरेको सम्झौता मान्य नहुने भन्दै न्यायका लागि महानगरीय प्रहरी परिसर टेकुमा उहाँले उजुरी दर्ता गराउनुभएको हो ।
आफैँले उपचार गरी एक महिनाअघि ‘डिस्चार्जु गराएका बिरामीका कारण प्रस्तावित मनमोहन मेडिकल कलेज एन्ड शिक्षण अस्पताल विवादमा तानिएको छ । पत्थरीको शल्यक्रिया गरेर घर फर्किएका नुवाकोट विदुरका शिवप्रसाद रिमालले उपचारमा लापरबाही भएको भन्दै न्यायका लागि प्रहरी(प्रशासन र सञ्चारमाध्यम धाउन थालेपछि अस्पताल विवादमा तानिएको हो । विवाद सुल्झाउन वार्ता र अनुसन्धान अघि बढाउनुपर्नेमा बिरामी र अस्पताल दुवै छुट्टाछुटै पत्रकार सम्मेलन गरेर आरोप(प्रत्यारोपमा उत्रिएका छन् । रिमालले आफ्नो पत्थरीको शल्यक्रिया गर्नेक्रममा अस्पतालले मिर्गौला नै झिकिदिएको र गुपचुपमै परिवारसँग सम्झौता गरेको भन्दै न्यायका लागि प्रहरीसमक्ष पुगेको बताएका छन् । अस्पतालले भने ज्यान बचाउन मिर्गौला भिक्नुपरेको र मानवीयता अंगाल्दै रिमाल र उहाँको परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको बताएको छ । रिमालको शल्यक्रियामा संलग्न युरोलोजिस्ट प्राडा गुणकुमार श्रेष्ठका अनुसार एक वर्षअघि वैदेशिक रोजगारीबाट फर्केका ३२ वर्षीय रिमाल कोख अत्यधिक दुखेको अवस्थामा गत जेठ २२ गते उपचारका लागि अस्पतालमा भर्ना हुनुभएको थियो । स्वास्थ्य जाँचक्रममा रिमालको दुवै मिर्गौलामा पत्थरी देखिएको थियो । बायाँ मिर्गौला भने मूत्रथैलीको नजिकै ९सामान्यभन्दा फरक स्थानमा० रहेको पाइएको थियो । त्यस्तो अवस्थामा शल्यक्रिया गर्दा जटिलता आउन सक्नेबारे अस्पतालले बिरामी पक्षलाई जानकारी गराएको थियो । ‘शल्यक्रिया गर्दा कुनै जटिलता आए चिकित्सक दोषी हुने छैनन्ु भन्ने सहमतिपत्रमा समेत रिमालको परिवारलाई हस्ताक्षर गर्न लगाइएको थियो । अस्पतालका अनुसार शल्यक्रियाक्रममा आन्द्रासँग पनि मिर्गौला टाँसिएको पाइयो र उक्त मिर्गौलाको पत्थरी निकाल्दा रक्तस्राव हुन थालेकाले रिमाललाई बचाउन मिर्गौला नै झिक्नुपरेको हो । उहाँको जेठ २५ गते शल्यक्रिया भएको थियो । डाक्टरको कुनै लापरबाही नभएको र मिलिसकेको विषयलाई अहिले आएर उठाउनु क्षतिपूर्तिको लोभ भएको अस्पतालको दाबी । रिमाल र अस्पतालबीच शल्यक्रिया गर्दा मिर्गौला झिकिएकाले नकारात्मक प्रभावबाट बचाउन रिमाललाई निःशुल्क उपचार गर्ने, उहाँलाई रोजगारी दिने, पछि प्रत्यारोपण गर्नुपर्ने अवस्था आए त्यसमा सहयोग गरिदिनेलगायत ६ बुँदे सम्झौता भएपछि रिमाल घर फर्कनुभएको थियो । असार ४ गते अस्पतालका संयोजक डा। रामकुमार अधिकारी र बिरामी रिमालकी श्रीमती रञ्जुले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । हस्ताक्षर भएसँगै सेलाएको घटनामा रिमालले अचानक आफूलाई अन्याय भएको भन्दै ५० लाख क्षतिपूर्ति माग गरेको र आफूहरुको प्रतिष्ठामा आँच आउने गरी जथाभावी बोल्न थालेको अस्पतालको भनाइ छ । डाक्टरको कुनै लापरबाही नभएको र मिलिसकेको विषयलाई अहिले आएर उठाउनुमा क्षतिपूर्तिको लोभ र राजनीति भएको आरोप अस्पतालले लगाएको छ । तर रिमाल र उहाँका आफन्तले मिर्गौला झिक्नुको कारणको मागसहित ५० लाख क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेको छ । आफ्नो मिर्गौला अन्य प्रयोजनका लागि झिकिएको हुनसक्ने रिमालको आरोप छ । मिर्गौला झिकेर लापरबाही गरेको र आफूलाई थाहा नदिइकन परिवारलाई प्रभावमा लिएर सम्झौता गरेको रिमालको भनाइ छ । गुपचुप गरेको सम्झौता मान्य नहुने भन्दै न्यायका लागि महानगरीय प्रहरी परिसर टेकुमा उहाँले उजुरी दर्ता गराउनुभएको हो ।-अन्नपूर्णपोस्टबाट

प्रतिक्रिया दिनुहोस्