Logo
|
Thursday 28th March 2024
Logo

epaper

महानगरपालिकाद्धारा स्वास्थ्य उपचार



काठमाडौं महानगरपालिकाले आज ज्येष्ठ नागरिकका लागि घरघरमा चिकित्सक सहितको समूह पठाएर स्वास्थ्य परिक्षण गरेको छ ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको उपस्थितिमा ८८ वर्षभन्दा माथिका उमेर समूहका ज्येष्ठ नागरिकका लागि पहिलो चरण अन्र्तगत स्वास्थ्य उपचार गरिएको हो ।

महानगरपालिकाले जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको सहकार्यमा ५ सय ९६ जनाको स्वास्थय उपचार गरेको हो ।
नयाँ आर्थिक वर्ष लागेसँगै स्वास्थ्य उपचार विस्तार गर्ने योजना गरेको महानगरले दास्रो चरणमा भने निजी स्वास्थ्य संस्थासँग पनि सहकार्य गरेर अघि बढ्ने बताएको छ ।
त्यस्तै उसले स्वास्थ्य उपचारबाट सर्वसाधारणहरु लाभान्वित हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्