Logo
|
Friday 29th March 2024
Logo

epaper

नर्सिङ काउन्सिलले ओएसिस मेडिकल कलेजलाई लाइसेन्स नदिने



चितवन भरतपुरस्थित ओएसिस मेडिकल कलेज टिचिङ हस्पिटलले बिएससी र बिएन नर्सिङ कार्यक्रम सुरु गरेको प्रति नर्सिङ काउन्सिलले आपत्ति जनाएको छ

सो कलेजले स्वीकृति बिनै कुनै पनि मापदण्ड नभई बिएससी र बिएन नर्सिङ कार्यक्रम सुरु गरेको भन्दै काउन्सिलले आपत्ति जनाएको हो ।

सो कार्यक्रममा दुई पटक अनुगनम गर्दा पनि मापदण्ड पुरा नगरि सञ्चालनमा आएको भन्दै भर्ना नहुन बिद्यार्थिलाई अनुरोध गरिएको छ । उक्त मेडिकल कलेजले बिएन र बिएससी पढ्ने नर्सलाई काउन्सिलले लाइसेन्स (नाम दर्ता नगर्ने) नदिने गोरखापत्रमा सूचना जारी गर्दै उल्लेख गरिएको थियो ।

उक्त कलेजले आफूलाई नटेरी भर्नाका लागि दरखास्त आव्हान गरेको सूचनामा उल्लेख गरिएको छ ।

यसैबिच परिषदकी अध्यक्ष प्राध्यापक चन्द्रकला शर्माले बिएन र बिएस्सी कार्यक्रम सञ्चालन गर्ने न्युनतम मापदण्ड तथा पूर्वाधार नभएको बताइन् । एसिसले केही दिनअघि मात्रै कान्तिपुर दैनिकमा विद्यार्थी भर्नाका लागि सूचना प्रकाशित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्