Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश



सर्वोच्च अदालतले चिकित्सा शिक्षाको स्नातकोत्तर तह (पिजी) मा योग्यताक्रम (मेरिट) अनुसार विद्यार्थी भर्ना गर्न सम्बन्धित कलेजलाई आदेश दिएको छ ।

न्यायाधीश शारदाप्रसाद घिमिरे र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले सिफारिस गरेको योग्यताक्रम (मेरिट)अनुसार नै विद्यार्थी भर्ना गर्न आदेश दिएको हो ।

भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज र वीरगन्जस्थित नेसनल मेडिकल कलेजले मेरिटका आधारमा विद्यार्थी भर्ना नगरी तोकिएकोभन्दा बढी शुल्क लिई भर्ना गरेका ५३ जना विद्यार्थीका विपक्षमा सर्वोच्चले सो आदेश दिएको हो ।

कलेजले आफूखुशी मनोमानी ढंगले बढी रकम लिएर भर्ना गर्नुलाई अवैध ठहर गर्दै योग्यताक्रमका आधारमा विद्यार्थीलाई भर्ना गर्न सो आदेशमा भनिएको छ ।

योग्यताक्रममा रहेका विद्यार्थीलाई कलेजमा भर्ना नलिई बढी पैसा बुझाएर भर्ना भएका सन्दीप कँडेलसहित २० जनाले असार ४ गते र युनिभर्सलमा भर्ना भएका ललितजंग शाहीसहित ३३ जनाले असार ८ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्