Logo
|
Friday 29th March 2024
Logo

epaper

बयोधामा पहिलोपटक रियल टाइम ई—आईसियु र आईसिसियु सेवा सञ्चालन



काठमाडौंको बल्खुस्थित बयोधा हस्पिटलले क्रिटिनेक्स फ्रम इस्कर्ट हार्ट इन्स्टिच्यूटको सहकार्यमा नेपालमा पहिलोपटक रियल टाइम टेलि आईसिसियू र ई आईसियू सेवा सञ्चालनमा ल्याएको छ । ‘यसले बिना कुनै परिधिको सघन उपचार सेवा प्रदान गर्दछ । यो संवेदनशील हेरचाह, प्रविधि तथा आविष्कारको समिश्रण हो जसले विशेषज्ञ डाक्टरहरुलाई संवेदनशील बिरामीहरुको यथास्थानमा उपचारमा टेवा पु¥याउनेछ ।’—अस्पतालका सिइओ रबि चौधरी भन्नुहुन्छ—‘यसबाट सम्बन्धित बिरामीहरुलाई विदेश लैजानुपर्ने अवस्थाको जरुरत कम पर्छ ।’

बयोधा हस्पिटलको छैटौं बार्षिकोत्सबका अवसरमा वरिष्ठ लोक हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले आईसियू र ईआईसियू सेवाको उद्घाटन गर्नुभयो । साथै उहाँहरुले अस्पतालमा शुरु गरिएको ब्लड बैंकको पनि उद्घाटन गर्नुभयो । हाल अस्पतालमा २० वटा आईसियू वेडमध्ये ८ वटा नयाँ प्रविधिका बेडको व्यवस्था छ ।

गहन विद्युतीय मेडिकल रेकर्ड, अडियो भिजुअल र स्मार्ट अलर्ट प्रणाली तत्काल प्रतिक्रिया साधन को प्रयोग गरी २४ सै घण्टा, हप्तामा सातै दिन, बर्षमा ३ सय ६५ दिन परीक्षण जाँच, सहयोग साथै रोग निर्मुलिकरण सेवाद्धारा जटिल रोगबाट ग्रसित बिरामीहरुको हेरचाह गर्ने अस्पतालका अध्यक्ष एवं वरिष्ठ फिजिसियन डाक्टर श्यामबहादुर पाण्डे बताउनुहुन्छ ।


ई—आई .सि.यू.का फाइदा
बिरामीलाई हुने फाइदा ः

काठमाडौंमा बसेर भारतको वरिष्ठ विशेषज्ञको टेलिमेडिसिनप्रणालिद्धारा प्रत्यक्ष सल्लाह तथा सुझाबमा आधारित उपचार उपलब्ध गरिनेछ ।

 उपचारका लागि महँगो तथा खतरनाक (जोखिममुलक) यात्रा गर्न आवश्यक पर्ने छैन ।
 कम्युनिकेसन, नेभिगेन र सर्भिलेन्स सिस्टम अत्यन्तै प्रभावशाली (परिष्कृत) एल्गोरिदमद्धारा सुझाब अनुरुप बिरामीको अवस्था ई—आईसियू डाक्टरलाई अवगत हुने भएकाले छिटो छरितो उपचारमा मद्धत पुग्छ ।
– डाक्टर÷नर्सको सहयोग र सन्तुष्टी
क्लिनिकल म्यानेज्मेन्ट
– समर्पित बहुआयामित डाक्टर टोलीको २४ सै घण्टा, सातै दिन उपलब्धता तथा अरु विशेषज्ञहरुको संलग्नता रहनेछ
दैनिक मेडिकल राउन्ड प्रणालीको व्यवस्था गरिएको छ ।

कमाण्ड सेन्टरको चौबीसै घण्टा, सातै दिन निरीक्षण तथा सहयोग रहनेछ ।
– एन्टी बायोग्रामको स्थापना तथा एन्टिबायोटिकको सहि प्रयोगको कार्यक्रमको सुविधा उपलब्ध छ ।
वयोधा अस्पतालले छोटो समयमा आधुनिक प्रविधी र उच्च स्तरिय सुविधाका साथ सेवा प्रधान गर्दै आएको छ । विशेषगरी आक्स्मिक विरामी चिकित्सा–उद्धार जगतमा नेपाली र गैर—नेपाली बिरामीहरुको सेवामा समर्पित रहेको छ ।

यस वयोधा हस्पिटलले रफेरल सेन्टरको रुपमा सबै किसिमका सुविधा सम्पन्न एउटै छानामुनि सबै विधाहरुमा स्वास्थ्य सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
आफ्नो स्थापनाको आधा दशक पार गर्दै वयोधा हस्पिटल, नेपालको गुणस्तरीय स्वास्थ्य सेवा प्रदायक अस्पतालको रुपमा देश विदेशमा आफ्नो स्थान स्थापित गरेको छ ।विकसित मुलुकको जस्तै उत्कृष्ठ सेवा उपलब्ध गराई बयोया हस्पिटलले प्रत्येक पहिलो सेकेन्डको महत्वलाई ध्यानमा राखेर बिना कुनै वाधाअड्चन जटिल अवस्थाका बिरामीहरुको उपचार गरिरहेको छ ।

यसले विश्वमा आविश्कार गरिएका अत्याधुनिक प्रविधिहरु प्रयोगमा ल्याई तत्काल अर्थात जिरो सेकेन्डभित्र सम्वन्धित विज्ञहरुद्धारा अति आकस्मिक प्रकृतिका बिरामीहरुलाई सेवा पु¥याउँदै आएको छ ।

जटिल अवस्थामा रहेका बिरामीहरुमा हुने संक्रमण नै मृत्युको कारण मानिन्छ । यद्यपी वयोधा हस्पिटलले यसलाई ध्यानमा राखी नयाँ प्रविधि जडित नयाँ उपकरणद्धारा संक्रमण विहिन वातावरणमा रोग प्रतिरोधात्मक क्षमता जीर्ण भएका जटिल बिरामीहरुलाई उच्च तहको उपचार सेवा दिई रहेको छ । नयाँ आईसिसियूमा गुणस्तरीय सेवा प्रदान गर्न निम्न उपकरणहरुको व्यवस्था गरिएको छ  ः
हावाबाट हुने संक्रमण रोक्न हेपा फिल्टर र अल्ट्राभायोलेट, ब्याक्टेरिया विहिन हावा प्रवाहको व्यवस्था गरिएको छ ।
 एन्टी–ब्याक्टेरियल भुई, भित्ता र वेसिनको व्यवस्था छ ।
– एक अर्का विरामी बीचको आकस्मिक संक्रमण रोक्न प्रत्येक बिरामीको लागि छुट्टाछुट्टै जाँच्ने औजार तथा उपकरणहरु राखिएको छ ।
– १ जना बिरामीको हेरचाहको लागि १ जना नर्सको व्यवस्था गरिएको छ । सम्बन्धित चिकित्सकहरुको चौबीसै घण्टा निगरानी रहनेछ ।
भारतका ख्याति प्राप्त‘ क्रिटिनेक्सको २४ सै घण्टा लगातार निगरानी प्रणालीको सुविधा उपलब्ध गराएको छ ।

वयोधा अस्पतालले जोखिममा रहेका बिरामीहरुको ज्यान जोगाउन र नेपालमा विश्वस्तरीय स्वास्थ्यसेवा पु¥याउन नेपालमा पहिलोपटक अत्याधुनिक आईसिसियू सेवा प्रदान गरिरहेको छ । वयोधा सँधै ‘केयर वीथ क्योर’ मा समर्पित भएको उल्लेख गरिएको छ । सो अवसरमा रक्तदान कार्यक्रमकोसमेत आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्