Logo
|
Friday 19th April 2024
Logo

epaper

चना किन खाने ?



चना गेडागुडी तरकारी अथवा दालको रुपमा खाने गरिन्छ ।  नेपालीको  भान्समा सामान्यतः पाकिरहने तरकारीहरु मध्ये चना पनि एउटा हो । मिठो तरकारीको रुपमा लिने गरेको चना खाजाघर तथा होटलहरुमा सहजै प्राप्त गर्न सकिन्छ । केवल तरकारीको लागि मात्र चनालाई लिने गरेको पाँइदैन यसको पिठोले मुख धोएमा राम्रो हुने धारणा आम मानिसमा रहेको पाईन्छ ।

काँचो हुदाँ र पकाएर दुवै तरिकाबाट प्रयोग गर्न सकिने चनाका रोगी र निरोगी दुवैलाई फाइदाजनक रहेको छ ।
के के छन् त चनाका फाइदाहरुः

  1.  चनामा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जुन पाचन प्रक्रियालाई बलियो बनाउन असाध्यै महत्वपूर्ण हुन्छ ।
  2.  रातभर भिजाएको चनामा अदुवा, नुन र जिरा मिलाई बिहान खाने गर्नाले कब्जियतको समस्या क्रमशः कम हुँदै जान्छ । चना भिजाएको पानी खानु अझ लाभदायक हुन्छ ।
  3.  चनामा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, म्याग्नेसियमलगायत तत्व प्रशस्त मात्रामा पाइन्छ । यी तत्वले शरीरलाई ऊर्जा प्रदान गर्छन् ।
  4.  चनामा ग्लुकोजको मात्रा कम हुन्छ । यो डायबेटिज भएका मानिसका लागि उत्तम भोजन हो ।
  5.  एकदेखि दुई मुठी चना हरेक दिन खाने हो भने रगतमा चिनीको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । डायबेटिज हुन पाउँदैन । भएको छ भने चनाले फाइदा पु¥याउँछ ।
  6.  चना भिजाएको पानीले अनुहार धुने गरेमा अनुहार चम्किलो हुन्छ ।
  7.  रातभरि भिजाएको चनामा थोरै मह मिसाएर दिनहुँ खाने गर्नाले पत्थरीको समस्या देखापर्ने जोखिम कम हुन्छ । पत्थरीको समस्या देखापरिसकेको छ भने यसो गर्नाले स्टोन सजिलै निस्किने सम्भावना रहन्छ ।
  8.  चनाको पिठोको रोटी खानाले पेट सफा रहन्छ ।
  9.  रक्तअल्पता भएको छ भने हरेक दिन महसँग चना खाने गर्नुपर्छ । चनामा आइरन र फोस्फोरस प्रशस्त मात्रामा हुन्छ । यसले रक्तअल्पता कम गर्नुको साथै रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ ।
  10.  बाडुली लागेर हैरान भएको बेला चनाको सुकेको पातको धुवाँ लिनाले बाडुली रोकिन्छ ।
  11.  चनाको बेसनमा बेसार मिसाई अनुहारमा लगाउने गर्नाले अनुहार चम्किलो हुन्छ ।
  12.  नुहाउनुअघि चनाको बेसनमा दूध अथवा दही मिसाई पेस्ट बनाएर अनुहारमा लगाउने र १०–१५ मिनेटपछि चिसो पानीले पखालेर नुहाउने गर्नाले अनुहारमा रहेका डन्डीफोरलगायत दाग, दाद आदि हराएर जान्छन् ।
  13. पिसाब आइरहने समस्या छ भने भुटेको चना दिनहुँ खाने गर्नुपर्छ । सक्खरसँग चना खाने गर्नाले पिसाबमा इन्फेक्सन देखापर्ने जोखिम कम हुन्छ  ।

 

प्रतिक्रिया दिनुहोस्