Logo
|
Thursday 28th March 2024
Logo

epaper

अस्तव्यस्त अस्पताल मन्त्रीको स्वागतमा चिरिच्याट्ट



फोहोर र अस्तव्यस्तता जनकपुर अञ्चल अस्पतालको पर्याय नै बनिसकेको छ।अस्पतालको हविगत देख्दा उपचारका लागि त्यहाँ पुग्नेहरुलाई थप विरामी पो परिने हो कि भन्ने चिन्ता हुन्छ। तर मंगलबारको दृश्यभ ने फरक थियो त्यहाँ। अस्पताल निकै सजाइएको थियो। फोहोरको व्यबस्थापन गरिएको थियो। चिटिक्क देखिन्थ्यो अस्पताल।

चिकित्सकहरु नियमित नआउने, बिरामी र उनका आफन्तसंग चिकित्सकको खरो व्यबहारबाट आजित यहाँका विरामीहरु मंगलबार भने त्यहाँ फरक दृश्य देखिरहेका थिए। सबै चिकित्सकहरु अस्पतालमा थिए भने उनीहरको व्यबहार विगतको भन्दा ठीक उल्टो। सबै एकदाम ठीकठाक चलिरहेको जस्तो देखिन्थ्यो त्यहाँ। यो दृश्य देखेपछि अचम्म परेका विरामीहरुले बल्ल थाहा पाए कि त्यहाँ स्वास्थ्यमन्त्री अनुगमनका लागि आउँदै थिए र मन्त्रीलाई देखाउनकै लागि यो सबै काम गरिदै थियो।

तर अस्पतालमा उपचार गराउन पुगेका सेवाग्राहीहरुले अस्पतालका चिकित्सकहरुको लापरवाही तथा बिरामीसंग गरिने व्यवहारको विषयमा स्वास्थ्यमन्त्री गिरिराज मणि पोखरेलाई जानकारी गराए। त्यसपछि अस्पताल प्रशासनसंग रुष्ट बनेका मन्त्री पोखरेलले यथाशीघ्र मन्त्रालयबाट एक विशेषज्ञ टोली पठाएर अञ्चल अस्पतालको वास्तविक अवस्था बुझ्ने र दोषीलाई कारवाही गर्ने आश्वासन दिएका छन्।
अंचल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। रामपरिक्षण यादवको आफ्नै नीजि अस्पताल सञ्चालनमा रहेको बारे पनि सर्वसाधारणले मन्त्री पोखरेललाई जानकारी गराएका छन्। मन्त्री पोखरेलले पनि अवैधानिक रुपमा सञ्चालित अस्पताल, नर्सिङ्ग होम र स्वास्थ्य संस्थाहरुलाई कार्वाही गरिने प्रतिवद्धता स्थानीयसंग व्यक्त गरेका छन्।अन्नपुर्णबाट

प्रतिक्रिया दिनुहोस्