Logo
|
Thursday 28th March 2024
Logo

epaper

स्वाइन फ्लु एक सुँगुर ज्वरो



आजभोलि काठमाडौंलगायतका धेरै ठाउँमा स्वाइन फ्लुका बिरामीहरु देखिएका समाचारहरु आइरहेका छन् । वास्तवमास्वाइन फ्लू एक खतरनाक भाइरस हो जुन सुँगुरका कारण फैलिने विश्वास गरिएको छ ।
सबैभन्दा पहिले स्वाइन फ्लू संक्रमण मेक्सिकोको वेराक्रूज ईलाकाको सुगुँर फार्ममा देखिएको थियो । यसलाई कतै—कतै सुँगुर ज्वरो पनि भन्ने गरीन्छ ।
स्वाइन फ्लू रोग फैलाउन मुख्यतया ४ प्रकारका भाइरसहरु हुन्छन ।

H1N1

H1N2

H3N2

H3N1
स्वाइन फ्लू एच वन एन वन सबैभन्दा खतरनाक भाइरस हो । यो भाइरसको संक्रमण विश्वको करिब दुई सय देशहरूमा देखिइसकेको छ । प्रयोगशालामा गरिएको परीक्षणहरुबाट यो रोगको भाइरसको जीन उत्तरी अमेरिकाका सुँगुरमा भएको पत्ता लागेको थियो । त्यसपश्चात स्वाइन फ्लू भन्न थालिएको हो ।
लक्षण
—भोक नलाग्ने
—नाकको समस्या
—रुघा खोकी
—टाउकोको दुख्ने
—ज्वरो १०० वा सो भन्दा माथि
—इच्छाशक्तीमा कमी
—शिथिल
—श्वासप्रश्वासमा कठिनाइ
—बान्ता
—झाडापखाला आदि ।

कसरी फैलन्छ स्वाइन फ्लू ?
सर्वप्रथम त सुँगुरको सम्पर्कमा नियमित रहनेहरुमा यो भाइरस सर्ने गर्दछ । त्यसपछि स्वाइन फ्लू प्रभावित व्यक्तिहरुको सम्पर्कमा आउँदा हावाबाट सर्ने गर्दछ । स्वाइनफ्लुको विषाणु सामान्य रुघाखोकी जस्तै फैलिन्छ । रोगीले कुरा गर्दा खोक्दा वा हाच्छिउ गर्दा विषाणुयुक्त तर देखिने स—साना पानीका कण वातावरणमा फैलन्छ ।

सावधानी
—धेरै मानिसको भिँडभाड नबस्ने
—मास्क लगाएर हिँड्ने
—हात नमिलाउने
—अँगालो नमार्ने
—रुघाखोकी लागेका मान्छेसँग टाढै रहने
—साबुन पानीले हात धुने
—संक्रमित क्षेत्र नजाने जानुपर्दा उच्च सतर्कता अपनाउने
—स्वाइन फ्लुको सम्भावित संक्रमण भएको ब्यक्तिलाई छिटो भन्दा छिटो नजिकैको अस्पतालमा पु¥याउनुपर्छ ।
बच्ने उपाय

—स्वाइन फ्लूबाट बच्ने सर्वोत्तम उपाय संक्रमितहरुको सम्पर्कबाट बच्नु र सफा सुग्घर रहनु हो ।
—सार्वजनिक स्थानहरुमा जाँदा रोग प्रतिरोधक स्तरीय मास्क प्रयोग गर्नुपर्छ ।
—रुमालले मुख छोपेर हाच्छिउँ गर्नुपर्छ ।
—फोहोरबाट भाइरस छिटो फैलिने भएकाले राम्रोसँग साबुन पानीले हातमुख धुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्