Logo
|
Tuesday 16th April 2024
Logo

epaper

अष्ट्रेलियाका आधा बिद्यार्थी यौन हिंसाको शिकार



अष्ट्रेलियाली विश्वविद्यालयका आधा भन्दा बढी विद्यार्थीहरु सन् २०१६ मा कम्तीमा एकपटक यौन दुर्व्यवहारको सिकार भएको त्यहाँ गरिएको एक राष्ट्रिय सर्वेक्षणले देखाएको छ।

अष्ट्रेलियाको मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनले करिव ७ प्रतिशत विद्यार्थी सन् २०१५ र २०१६ मा कम्तीमा एकपटक यौन हिंसाको सिकार भएको पत्ता लगाएको छ।
विश्वविद्यालयका छात्रभन्दा छात्रा बढी दुर्व्यवहार वा हिंसाको सिकार हुनसक्ने सम्भावना रहेको आयोगले पत्ता लगाएको छ।
यौन हिंसा सम्बन्धी कोसेढुंगा मानिएको सो अध्ययन अष्ट्रेलियामा गरिएका अध्ययनमध्ये सबैभन्दा ठूलो भएको बताइएको छ।

प्रतिवेदन
आयोगकी यौन विभेद सम्बन्धी विषय हेर्ने आयुक्त केट जेनकिन्सले प्रतिवेदनले विश्वविद्यालय जीवनको दयनीय अवस्था देखाएको बताइन्।
उनले भनिन, यी विद्यार्थीले प्राज्ञिक, सामाजिक र आवासीय जीवनमा यौन हिंसा र दुर्व्यवहार सामना गर्नुपर्ने अवस्था रहेको पाइएको छ।
यस्तो भोगाइको असर भयानक किसिमको हुनसक्छ तथा जिन्दगी, स्वास्थ्य, अध्ययन र भावी रोजगारीमा पनि प्रभाव पार्न सक्ने किसिमको हुनसक्छ।
अष्ट्रेलियाका ३९ विश्वविद्यालय र ३१ हजार विद्यार्थीमाझ गरिएको अध्ययनले विश्वविद्यालयहरुमा यौन हिंसा र दुर्व्यवहार फरक(फरक मात्रामा रहेको देखाएको छ।

चिन्ताजनक तथ्याङ्क

जेनकिन्सले भनिन्, यौन हिंसामा परेका पाँच मध्ये एकले त्यस्तो घटना विश्वविद्यालय वा आवासहरुमा आयोजित भेटघाटका बेला भएका छन्।
हामीले क्याम्पसका यी वातावरण महिलाका लागि अझ बढी गम्भीर पायौं। उनीहरु पुरुषभन्दा चार गुणाबढी यौन हिंसाको सिकार भएको हुन सक्ने भेट्यौं।

अध्ययनले यस्तो पनि देखायोः
.५१ प्रतिशत यौन हिंसाका पीडित र ४५ प्रतिशत दुर्व्यवहार पीडितले केही वा सबै पिडक चिनेका थिए।
.लैङ्गिक अल्पसंख्यक विद्यार्थीहरु यौन दुर्व्यवहारको सिकार हुनसक्ने धेरै सम्भावना रहेको छ।
.बहुसंख्यक अपराधी पुरुष थिए।

सुझाव
क्विन्सल्याण्ड विश्वविद्यालयका उपकुलपति पिटर होजले यी तथ्याङ्क एकदम चिन्ताजनक भएको बताए।
उनले भने, प्रतिवेदनले देशभर १.६ प्रतिशत विद्यार्थीहरु विश्वविद्यालको वातावरणमै दुर्व्यवहारको सिकार भएको इंगित गरेको छ। एउटामात्र स्वीकार्य अंक छ र त्यो शुन्य हो।
त्यस्ता अस्वीकार्य व्यवहारको स्थान विश्वविद्यालय वा बृहत् समाज कहीँ पनि छैन।
प्रतिवेदनका लेखकहरुले विश्वविद्यालयहरुलाई हिंसा र दुर्व्यवहारको स्थिति सुधार्न भनेका छन्।

बीबीसी नेपालीबाट

प्रतिक्रिया दिनुहोस्