Logo
|
Wednesday 24th April 2024
Logo

epaper

मनिषाको जीवनशैली



कुनै समयकी वलिउडकी चर्चित नायिका मनिषा कोइराला यतिखेर स्वस्थ्य रहन खानापान र जीवनशैलीमा विशेष ध्यान पु¥याउन थालेकी छन् । क्यान्सर रोगको उपचार गराएकी कोइराला स्वस्थ्य रहन हरेक प्रयासमा जुटेकी छन् ।
हरेक दिन बिहान डेढ देखि दुई घण्टा शारीरिक व्यायाम गर्छिन् । उनको एक घण्टाको समय प्रणायम र ध्यानमा बित्छ । उनी भन्छिन्—‘यसबाट शरीरिमा एक किसिमको सकारात्मक उर्जा प्रवाह हुन्छ ।’ खाना शरीरका लागि अति आवश्यक हो । तर अस्वस्थ्यकर खानपानका कारण शरीर भित्रको वातावरण खराब हुन्छ । यसले कुनै न कुनै किसिमको रोग देखापर्नसक्छ । यसबारे व्यक्ति सचेत हुनु आवश्यक रहेको मनिषाको भनाइ छ । हृदयघात पनि अस्वस्थ्यकर जीवनशैलीको उपज भएको मनिषाको ठम्याइ छ ।

जब मनिषालाई क्यान्सर भयो । तब उनले स्वास्थ्यको महत्व बुझेको बताएकी छन् । उनले भनिन्—‘ स्वास्थ्य भन्ने कुरा ठूलो रहेछ ।’ ‘म निरन्तर काम गरिरहन्थें । दैनिक अठार देखि बीस घण्टासम्म पनि काममा खट्थेँ । त्यतिखेर शरीरलाई आराम चाहिन्छ भनेर सोचिनँ ।’ विगतको अनुभव सुनाउँदै मनिषा भन्छिन्— ‘अहिले रातको समयमा आठ देखि नौं घण्टा सुत्छु । पौष्टिक खाना खान्छु र व्यायाम गर्छु । यसले स्वास्थ्य राम्रो छ ।’

‘बेलामौकामा आफूलाई मनपर्ने साथीभाइ र परिवारहरुसँग भेटघाट गर्छु । यसबाट सकारात्मक हौसला र शक्ति प्राप्त हुनेगर्छ ।’ मनिषा भन्छिन्—‘परिवार,साथीभाइ र आफन्तसँग बस्ने, माया बाँड्ने र माया गर्ने, आखिर यही रहेछ जिन्दगी ।’
हरेक व्यक्तिले आप्नो जीवन र स्वास्थ्यलाई सहज र सरल तरिकाले जिउन चनाखो हुनुपर्ने मनिषाको सुझाब छ ।
श्रोतः बीबीसी नेपालीसेवासँगको अन्तर्वार्तामा आधारित

प्रतिक्रिया दिनुहोस्