Logo
|
Thursday 18th April 2024
Logo

epaper

आमिरलाई स्वाइन फ्लू



बलिउड नायक आमिर खान र उनकी श्रीमति किरण राव स्वाइन फ्लूबाट ग्रसित भएका छन् । भारतको पूणेमा ‘जल संरक्षणसँग’ जोडिएको कार्यक्रममा आमिर खान सहभागी हुने पक्का थियो । तर, बिरामी भएको भन्दै उनले सहभागीता जनाएन् ।

आमिरले भिडियो मार्फत नै आफू बिरामी भएको जानकारी दिएका थिए । ‘आज मेरा लागि खुसीको दिन हो तर, म दुःखी छु । मलाई तपाइहरुसँग खुसी मनाउन मन थियो तर, सकिनँ ।’ आमिरले भनेका छन कि,एच वन एन वन भाइरस अर्थात स्वाइन फ्लूबाट ग्रसित भएकाले म र किरण बाहिर निस्कन सक्दैनौ । हामीले एक हप्ता घरमै आराम गर्नुपर्ने छ ।’
आमिर खान कार्यक्रममा सहभागी हुन नसकेपछि उनको आग्रहमा नायक साहरुख खान सहभागी भएका थिए ।
साहरुखले आफनो उपस्थितिका लागि अमिर र किरणलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्