Logo
|
Thursday 18th April 2024
Logo

epaper

स्वास्थ्य चौकीद्धारा एम्बुलेन्स सञ्चालनमा



बागलुङ नगरपालिका– १३ स्थित पैयुँपाटा स्वास्थ्य चौकीले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

एम्बुलेन्स सेवाबाट बलेवा क्षेत्रका अन्य वडाका बासिन्दा पनि लाभान्वित हुनेछन् । रु ३० लाख मूल्यको उक्त एम्बुलेन्स स्वास्थ्य मन्त्रालयले निःशुल्क उपलब्ध गराएको स्वास्थ्य चौकी प्रमुख सुशील पौडेलले बताउनुभयो ।

एम्बुलेन्स सञ्चालनका लागि कार्यविधि तयार पारिने स्वास्थ्य चौकीका संरक्षक एवं वडाध्यक्ष नारायण शर्मा पौडेलले बताउनुभयो । “बलेवा क्षेत्रका तीन वार्डसँगै छिमेकका बासिन्दाले समेत सेवा पाउनेछन्” अध्यक्ष पौडेलले भन्नुभयो’ “व्यवस्थित रुपले एम्बुलेन्स सञ्चालन गर्छौं ।”

जिल्लामा स्वास्थ्य चौकीले एम्बुलेन्स चलाएको सम्भवतः यो नै पहिलो हो । धौलागिरि अञ्चल अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र केही स्वास्थ्य तथा सामाजिक संस्थाले एम्बुलेन्स सञ्चालनमा ल्याएका छन् । कतिपय एम्बुलेन्स सेवा भने व्यवस्थापनको कमजोरीले बन्द अवस्थामा छन् । रासस

प्रतिक्रिया दिनुहोस्