Logo
|
Thursday 28th March 2024
Logo

epaper

झाडापखालाबाट एकको मृत्यु



झाडापखालाका कारण रुकुममा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रुकुम चौरजहारी नगरपालिका–११ का १९ वर्षीय गोविन्द केसी रहेका छन्।

उपचारका क्रममा उनको चौरजहारी अस्पतलामा सोमबार दिउँसो करिब १२ः०० बजे मृत्यु भएको हो । झाडापखाला सुरु भएको तीन घण्टामै उनको मृत्यु भएको बताइएको छ।

कामको सिलसिलामा चौरजहारी–३ मा रहेका केसीलाई अत्यधिक झाडापखाला भएपछि उपचारका लागि अस्पताल पु¥याइएको थियो । अस्पताल पुर्‍याएको केही समयपछि केसीको मृत्यु भएको अस्पतालका डा कालीबहादुर बुढाले जानकारी दिनु भयो।

‘अस्पताल पु¥याउँदा केसीको होस गुमिसकेको थियो’ डा बुढाले भन्नु भयो, ‘झाडापखालासँगै उनलाई रक्तश्राव पनि भएको हुनसक्छ।’

अस्पतालका मेडिकल अधिकृत डा सुशील पोखरेलले यसबारेमा आफूलाई केही जानकारी नभएको बताउनु भयो । रासस

प्रतिक्रिया दिनुहोस्