Logo
|
Friday 29th March 2024
Logo

epaper

स्वास्थ्य चौकी उद्घाटनको लागि लिओनल मेसीलाई नेपालमा निम्तो



विश्व चर्चित अर्जेन्टिनी स्ट्राइकर तथा बार्सिलोना क्लबका लिओनल मेसीको ‘लिओ फाउन्डेसन’ युनिसेफको मातहतमा रहेर १४ वटा स्वास्थ्य चौकी निमार्ण कार्यलाई तिब्रता दिएको छ । अगष्टको अन्त्यमा निमार्ण सम्पन्न हुने स्वास्थ्य चौकीको उद्घाटनको लागि युनिसेफले मेसीलाई निम्तो दिएको छ ।

बार्सिलोनामा नेइमारको अनुपस्थित ,स्पेनिस लिगको सुरुवात तथा अर्जेन्टिनाका लागि समय दिनुपर्ने अवस्थामा मेसी नेपाल आउने सम्भावना कम हुदाँको स्थितिमा युनिसेफले भने स्वास्थ्य चौकी उद्घाटनको लागि नेपाल आउन पहल गर्ने बताएको छ ।

मेसी फाउन्डेशनले दोलखामा ४, गोर्खा, काभ्रे र धादिङमा २–२, नुवाकोट, ललितपुर, रामेछाप र सोलुखुम्बुमा १–१ वटा गरी कूल १४ वटा भूकम्प प्रतिरोधात्मक स्वास्थ्य चौकी निमार्ण गरिरहेको छ।
मेसी फाउन्डेशनले नेपालमा निमार्ण गरिरहेको स्वास्थ्य चौकी

दोलखा– ४ वटा– दोलखा, सुनखानी, लडुक, पावती
गोर्खा– २ वटा– र्डाबुङ, मजुवादेउराली
धादिङ– २ वटा– सल्यानटार, नालाङ
काभ्रे– २ वटा– देवभूमी, गौरी बिसाउने (देवपुर)
ललितपुर– १ वटा– दालचौकी
रामेछाप– १ वटा– उक्रेनी
सोलुखुम्बु– १ वटा– थाप्लुङ

प्रतिक्रिया दिनुहोस्