Logo
|
Friday 29th March 2024
Logo

epaper

प्रसूतिमा सेवा अझै असहज



थापाथलीमा रहेको प्रसूति गृहको मुख्य शय्या भवन भूकम्पले २ वर्षअघि भत्किएपछि अझैसम्म सहज सेवा प्रवाह हुन सकेको छैन । अस्पतालका निर्देशक डा अमिरबाबु श्रेष्ठका अनुसार भवन भत्किएसँगै सेवा सञ्चालनमा असहज भएको छ । भवन भत्किएर काम नलाग्ने भएपछि प्रसूति परिसरमै बनेको एकेडेमिक भवनबाट अस्पतालले सेवा सुरु गरेको थियो । तर, कलेजका लागि बनाइएको एकेडेमिक भवनबाट सेवा दिन अप्ठयारो भइरहेको निर्देशक डा श्रेष्ठ बताउँछन् । ‘पुरानो भवनको इमर्जेन्सी वार्ड, ब्लड बैंक, आईसीयू सबै यतै सरेको छ,’ उनले भने, ‘यता धेरै बेड अटेन, भवन पनि साँघुरो छ । कोठा पनि साना भएर धेरै बिरामी राख्नै मिल्दैन ।’

बिरामीको चाप बढेकै कारण भण्डारण कोठा र प्रयोगमा नआएका कोठामा समेत म्याट ओछयाएर अस्पतालले सेवा दिइरहेको छ । ‘यसरी सेवा दिन अप्ठयारो हुन्छ,’ डा श्रेष्ठले भने । अस्पतालको पुरानो भवनमा ४ सय शय्याको बेड थियो भने नयाँ भवनमा आधा मात्रै बेड अट्ने ठाउँ छ । ‘उचित सुविधासहित स्थान अभावमा यहाँ आउने सबैलाई सेवा दिन सकिएको छैन,’ उनले भने । बेड नपुगेपछि केही बिरामीलाई पेटीमै राखेर उपचार गराइएको छ । ‘सकेसम्म बिरामी फर्काउँदैनौं, बेडबाहिरै बसेकालाई पनि सक्दो सेवा दिएका छौं,’ उनले भने ।

अस्पतालमा दैनिक ८० नयाँ बिरामी थपिन्छन् । तर, बिरामी राख्ने ठाउँ नहुँदा कुर्न नसकेर कति बिरामी आफैं फर्केर जाने गरेका छन् । यो असहज स्थितिमा पनि बिरामीको चाप बढिरहेको निर्देशक श्रेष्ठले बताए । प्रसूतिको आकस्मिक कक्षमा पनि बेड अभाव छ । सुत्केरी हुन आएका महिलालाई बेडका लागि ३ दिन कुर्नुपर्ने अवस्था छ । शैक्षिक प्रयोजनका लागि बनाइएको भवनमा स्लाइन झुन्डयाउने ठाउँसमेत छैन । भूकम्पले चर्काएको प्रसूति गृहको क्षतिग्रस्त भवन जापान सरकारको सहयोगमा पुनर्निर्माण हुन थालेको छ ।
स्रोतः कान्तिपुर

प्रतिक्रिया दिनुहोस्