Logo
|
Friday 19th April 2024
Logo

epaper

स्वास्थ्य सुरक्षाका लागि मोबाइल स्वाथ्य सेवा



मातृ तथा बाल स्वास्थ्य सुरक्षा समन्वयका लागि जिल्लामा मोबाइल स्वास्थ सेवा कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।

मेडिकल मोबाइल नेपाल नामक संस्थाको सहयोगमा जिल्ला जनस्वास्थ्य कार्यालमार्फत कार्यक्रम सञ्चालनमा ल्याएको हो । यहाँका नौवटै स्थानीय तहमा मोबाइल स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत ८१७ महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल सहित तालिम प्रदान गरिने मेडिकल मोबाइल परियोजनाका वरिष्ठ प्रबन्धक मनोज खड्काले बताउनुभयो ।

महिला स्वाथ्य स्वयंसेविकाले मोबाइलमार्फत आउने सन्देश (एसएमएस) अध्ययन गरेर हरेक गर्भवती महिलाले चार पटक गर्भ जाँच (पूर्ण गर्भ जाँच)  गरे नगरेको र स्वास्थ्य संस्थामामै प्रसूति गरेको सुनिश्चितता भए नभएको निगरानी गर्ने उहाँले बताउनुभयो ।

गर्भवती महिलाको नाम दर्ता गरी त्यसको विवरण जनस्वास्थ्य कार्यालय र मन्त्रालयमा राखिने र सोही दर्ता विवरणका आधारमा गर्भवती महिलाले गर्नुपर्ने जाँच र सुत्केरी हुने मितिको विवरण स्वयंसेविकाको मोबाइलमा सन्देश आउने र स्वयंसेविकाले त्यसै आधारमा गर्भवती महिलाले गर्भजाँच गराए नगराएको र स्वास्थ्य संस्थामा सुत्केरी भए नभएको यकिन गरेर स्वास्थ्य संस्थामै पठाउन प्रेरित गर्ने प्रबन्धक खड्काले बताउनुभयो ।

कार्यक्रमलाई सघाउ पु¥याउन नौवटै स्थानीय तहका प्रमुखले गर्भवती जाँचलाई ९० प्रतिशत पु¥याई घरमा हुने सुत्केरीको संख्यालाई शून्यमा झार्ने आगामी दुई वर्षमा पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने प्रतिबद्धता जनाएका छन ।

“मोबाइल स्वास्थ्य कार्यक्रमलाई नीतिगतरुपमा लागू गरी यसको दिगोपनका लागि स्थानीय तहबाटै आवश्यक स्रोतको व्यवस्थापन गर्ने, बालविवाह अन्त्य गर्ने, लागुऔषध र सूतिजन्य पदार्थ सार्वजनिकस्थलमा सेवन गर्नमा पूर्ण निषेध गर्ने र खोपको दिगोपनाका लागि सुनिश्चितता गर्नेबारे स्थानीय तहका प्रमुखले सहमति गरेका छन्” प्रबन्धक खड्काले भन्नुभयो ।

कार्यक्रम सञ्चालनका लागि मेडिकल मोवाइल नेपालले मोबाइल उपलब्ध गराउने र तालिमका लागि सहयोग गर्ने भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्