Logo
|
Friday 19th April 2024
Logo

epaper

अस्पताल सुधार गर्न स्वास्थ्यमन्त्रीको कडा निर्देशन



स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले २६ बुँदे घोषणा कार्यान्वय गर्न तत्काल एक्सन प्लान बनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
मन्त्रालय मातहतका क्षेत्रिय निर्देशकहरु सँगको भेटमा मन्त्री पोखरेलले सरकारी अस्पताल सुधार गर्न दिर्घकालीन कार्ययोजना बनाउन, २ नम्बर प्रदेश र उपत्यकाका जिल्लाहरुमा रहेका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा गर्नुपर्ने कामहरुको प्रक्रिया शुरु गर्न समेत निर्देशन पनि दिनुभएको छ ।
‘दुई नम्बर प्रदेश अन्र्तगतका अस्पतालहरुमा सुधार गर्नुपर्ने देखिएको छ, तुरुन्तैं कार्ययोजना बनाएर काम शुरु गर्नुस्’ मन्त्री पोखरेलले भन्नुभयो–‘मन्त्रालयको कामलाई व्यवस्थित गर्ने र जनशक्तिको व्यवस्थापन गर्न जरुरी छ ।’
मन्त्री पाखरेलले अस्पताल प्रमुख डाक्टरहरु निजी क्लिनिकमा काम गर्न नपाउने व्यवस्था मिलाउन निर्देशन पनि दिनुभएको छ ।
कर्मचारी भनेको स्थायी सरकार भएको बताउँदैं मन्त्री पोखरेलले मन्त्री जो आएपनि फरक नपर्नेगरी व्यवस्थित कार्ययोजना बनाउन निर्देशन दिनुभयो । स्वास्थ्य समस्यामा परेका आम नागरिकको गुनासो सुन्न मन्त्रालयमा गुनासो डेस्क स्थापना गर्ने बताउनुभयो । उहाँले सरकारी अस्पताल र स्वास्थ्य केन्द्रको व्यवस्थापन गर्न र सवदनशिल भएर काम गर्न कर्मचारीलाई निर्देशन पनि दिनुभएको छ । जनशक्ति, औंषधि, उपकरण र पुर्वधार को व्यवस्थापन गर्नुपर्ने मन्त्री पोखरेलले बताउनुभयो ।
मन्त्री सँगको भेटमा सहभागी मन्त्रालयका पदाधिकारीहरुले सरकारी संयन्त्र काम गर्न नसकेको बताएका छन् । सरुवा भएर गएका डाक्टरहरु बीचमा नैं हराउने, क्षेत्रमा पाँच जना डाक्टर राख्नुपर्ने जहाँ डाक्टर आवश्यक छ त्यही पठाउने व्यवस्था मिलाउनुपर्ने आवश्यकता रहेको औंल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्