Logo
|
Friday 19th April 2024
Logo

epaper

न्यूरो शल्यचिकित्साः दोस्रो पुस्तामा हस्तान्तरण गर्दै जानुपर्छ



डा. वसन्त पन्त, वरिष्ठ न्यूरो सर्जन, अन्नपूर्ण न्यूरो हस्पिटल

न्यूरो सर्जरीमा यहाँको करियर बारे बताइदिनुस न ?

मैले न्यूरो सर्जरी सेवा शुरु गरेको २७ वर्ष  भइसकेको छ । शुरुमा बीर अस्पतालबाट काम शुरु गरेको थिएँ । सन् १९८७ मा डा. उपेन्द्र देवकोटा नेपाल फर्केर आएपछि मैले पनि उहाँसँग काम शुरु गरेँ । त्यसको एक वर्षपछि पीएचडीका लागि जापान गएँ । त्यहाँ न्यूरो सर्जरीमा रेजिडेन्सी तालिम पूरा गरेर सन् १९९७ मा नेपाल फर्किएँ र त्रि.बि. शिक्षण अस्पतालमा भोलिन्टिएर भएर ८ महिना काम गरेको थिएँ । ५ वर्षसम्म न्यूरो सर्जरीको पूर्ण तालिम लिएका न्यूरो सर्जनमध्ये डा.उपेन्द्र देवकोटापछि म हो ।
अहिलेसम्म कति जनाको न्यूरोको शल्यक्रिया सम्पन्न गर्नुभयो ?
अहिलेसम्म मैले ७ हजार न्यूरो शल्यक्रिया सम्पन्न गरेको छु । त्यसमध्ये ३५—४० प्रतिशत जटिल शल्यक्रिया सफल पारेको छु । मैले हरेक वर्ष करिब १२ हजार बिरामीलाई बहिरंग र अन्तरंग सेवा पु¥याउँदै आएको छु ।
अहिलेसम्म यहाँले कति जना न्यूरो सर्जनलाई तालिम दिएर पूर्णता बनाइसक्नुभएको छ ?
मैले अहिलेसम्म १७ जना न्यूरो सर्जनलाई तालिम दिइसकेको छु । उनीहरुले विभिन्न अस्पतालहरुमा पूर्ण रुपमा न्यूरो सर्जरी सेवा दिइरहेका छन् । पछिल्लो समयमा ७ जना चिकित्सकले न्यूरो सर्जरीको तालिम लिइरहेका छन् ।
न्यूरो शल्यचिकित्सा सेवालाई कसरी प्रभावकारी बनाउन सकिन्छ ?
न्यूरो शल्यचिकित्सा सेवालाई प्रभावकारी बनाउन चारवटा पक्षमा ध्यान राख्न जरुरी पर्छ । सहुलियत दर र सत्कारका साथ सर्वसाधारणलाई उच्च प्रविधिको उपचार सेवा दिने, सर्वसाधारण नागरिकलाई न्यूरोसम्बन्धि जनचेतना अभिवृद्धि गर्ने, दक्ष व्यक्तिबाट तालिम दिने र दोस्रो पुस्तामा सेवा हस्तान्तरण गर्दै जाने सिद्धान्त अवलम्बन गर्न आवश्यक पर्छ । म पनि सोही सिद्धान्त अनुसार काम गरिरहेको छु ।
न्यूरो शल्यचिकित्सालाई प्रभावकारी बनाउन के कुरामा ध्यान राख्नुपर्छ ?
जनशक्तिलाई मुख्य प्राथमिकतामा राखी पूर्ण रुपमा सफल शल्यक्रिया गर्नसक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ । जुन देशबाट पढेर आएपनि आफूभन्दा सिनियरसँग इमान्दारिताका साथ सिक्नुपर्छ र स्वतन्त्ररुपमा काम गर्नसक्ने दक्ष व्यक्ति बन्नुपर्छ । शल्यक्रियामा अरुसँग आश्रित हुनुहुँदैन ।
न्यूरो साइन्सेसमा अहिले देखिएको चुनौति के के छन् ?
न्यूरोसम्बन्धि रिसर्च ल्याबहरुको अभाव छ । मेडिकल एजुकेशनमा न्यूरो साइन्सलाई धेरै कम मात्रामा पढाएको पाइन्छ । कतिपय मेडिकल इन्स्टिच्यूटहरुमा न्यूरो सर्जन नहुनु अहिलेको चुनौतिहरु हुन् ।

प्रतिक्रिया दिनुहोस्