Logo
|
Saturday 20th April 2024
Logo

epaper

डा. केसी समर्थकको प्रदर्शनमा प्रहरी हस्तक्षेप



चिकित्सा शिक्षा विधेयक संसदबाट पास गर्न ढिलाइ भएको भन्दै डा.गोविन्द केसी समर्थकले नयाँ बानेश्वरमा प्रदर्शन गर्नु भएको छ ।

डा.केसीको जीवन जोखिममा पर्दा समेत सरकारले माग पुरा नगरेको भन्दै डा.केसी समर्थकले प्रदर्शन गर्नु भएको हो ।
प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरी र प्रदर्शनकारी बीच झडप समेत हुन पुगेको छ ।

केसीका समर्थकले ‘संसदको तलव भत्ता बढाउने ऐन एकै दिन, चिकित्सा शिक्षा विधेयक पास गर्न बर्षो दिन’ भन्ने नारा र प्लेड कार्ड बोकेर प्रर्दशन गर्नु भएको थियो ।

त्यस्तै केसी समर्थकहरुले प्रहरीको हस्तक्षेपविरुद्ध पनि नराबाजी गर्नु भएको थियो ।
डा.केसीको ११ औ अनशन २३ औँ दिनमा प्रवेश गरेको छ । साथै यो पटकको अनशन अघिल्लो अनशन भन्दा लामो अवधिको अनशन बनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्