Logo
|
Friday 29th March 2024
Logo

epaper

पीडितहरुलाई स्वास्थ्य सेवाको अभाव नहोस्ः राष्ट्रपति भण्डारी



राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भेट गर्नुभयो ।

अविरल वर्षा पछिको बाढी पहिरो र डुबानबाट जनधनको क्षतिप्रति दुःख व्यक्त गदै राष्ट्रिपतिले औषधि लगायत स्वास्थ्य सेवाको अभाव हुन नदिन सरकारको ध्यानकर्षण गराउनु भयो । उहाँले पीडितहरुलाई आवश्यक खाद्यान्न तथा अस्थायी बसोबासको व्यवस्था लगायतका विषयमा समेत चासो राख्नु भएको थियो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माका अनुसार राष्ट्रपतिले उद्धार तथा राहतका कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्न र त्यस निम्ति स्काउट, राष्ट्रिय सेवा दल, सामुदायिक संघसंस्था र निजी क्षेत्रलाई परिचालन गर्न आग्रह गर्नुभयो ।

साथै राष्ट्रपतिले विपद् व्यवस्थापनका लागि तत्कालीन एवं दीर्घकालीन योजना बनाएर अघि बढ्न सुझाव दिँदै भविष्यमा यस्ता प्राकृतिक विपत्तिका बेला सजग र सर्तक रहन आवश्यक पर्ने उपाय अवलम्बन गर्न पनि प्रधानमन्त्रीलाई सुझाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्