Logo
|
Thursday 28th March 2024
Logo

epaper

झाडापखला फैलिए पछि विद्यालय बन्द



सोलुखुम्बुको दूधकौशीका गाउँपालिका–४ जुवु, राम्चेमा रहेका २५ घरमै झाडापखालाको महामारी फैलिएपछि विद्यालय समेत बन्द गरिएको छ ।

स्थानीय जनकल्याण माध्यमिक विद्यालयमा एक हप्ताअघिबाट शुरु भएको झाडापखालाबाट १६ वर्षीय राकेश पुरीको ज्यान जानुको साथै नजिकै रहेको २५ घरमा झाडापखालको संक्रमण देखिएपछि बिदा दिइएको बताइएको छ ।

ज्वरो आउने, टाउको दुख्ने र झाडापखाला लाग्ने समस्या बढ्दै महामारीको रुप लिन थालेपछि जिल्ला अस्पताल फाप्लुबाट खटिएको डा राजेन्द्र बस्नेत नेतृत्वको टोलीले हिजो साँझ त्यहाँ पुगेर उपचार शुरु गरेको छ ।
डाक्टर बस्नेतका अनुसार खानेपानीका कारण समस्या बढेको पाइएको छ । सबैमा एकैप्रकारको समस्या देखिएको र औषधिले काम गर्न थालेकाले केही दिनमा रोग नियन्त्रणमा आउने समेत डाक्टर बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्