Logo
|
Saturday 20th April 2024
Logo

epaper

बाँकेमा भाइरल प्रकोप



बाँके जिल्लाको बाढी प्रभावित ठाउँहरुमा भाइरलको समस्या देखिन थालेको छ । ति ठाउँहरुमा ज्वरो, रुघाखोकी, झाडापखालालगायत रोगको संक्रमण देखिन थालेको हो । दुषित पानीका कारण यस किसिमको समस्या देखिएको जनाइएको छ । जिल्लाका बाढी प्रभावित ठाउँहरु राप्तीसोनारी, डुडुवा, नरैनापुर र खजुरा गाउँपालिकाका बाढीबाट विस्थापित परिवारहरुमा भाइरल समस्या देखिएको छ । साथै प्रभावित क्षेत्रमा टाउको दुख्ने, आँखा पाक्ने र छालामा खटिराको समस्या पनि देखिएको छ ।

हालसम्म सो क्षेत्रमा करिब ५ सयको उपचार गरिएको जनाइएको छ । यसरी विभिन्न शारीरिक समस्या देखिन थालेपछि जिल्ला जनस्वास्थ्य कार्यालयले आवश्यक औषधिसहित चिकित्सक र स्वास्थ्यकर्मीहरु परिचालन गरेको जनस्वास्थ्य प्रमुख खिमबहादुर खड्काले जानकारी दिनुभयो । राप्ती नदीमा आएको बाढीले जिल्लाका करिब ९ हजार ५ सय परिवार प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्