Logo
|
Friday 19th April 2024
Logo

epaper

 स्याउमा अत्यधिक बिषादी



झापा जिल्लाको बिर्तामोडस्थित कृषि उपज थोक बजार केन्द्रमा सञ्चालनमा आएको विषादी मापन केन्द्रमा परीक्षण गरिएका अधिर्काश खाद्यवस्तुमध्ये स्याउमा धेरै विषादी भेटिएको छ ।

विषादी मापन केन्द्रकी प्राविधिक सुष्मा खड्का भन्नुहुन्छ—‘ करेला, भिण्डी, गोलभेँडा, खुर्सानी, च्याउ, पर्वल, बोडी, स्याउ, केरा, बन्दागोभी र निगुरोेको परीक्षण गर्दा सबैभन्दा बढी स्याउमा विषादी भेटिएको छ ।’

परीक्षणका क्रममा स्याउमा विषादीको मात्रा १३.५ प्रतिशत भेटिएको छ । खड्का भन्नुहुन्छ—’यो सबैभन्दा धेरै हो ।’ भारतबाट आयात गरिएका तरकारीहरुमा बढी विषादी भेटिएको छ ।
केन्द्रमा विषादी परीक्षण मेसिन, कम्प्युटर, फ्रिज, फमहुड नामक केमिकल उत्पादन गर्ने मेसिनलगायत उपकरण रहेका छन् । सो केन्द्रमा अहिले नियमित रूपमा परीक्षण भइरहेको छ । केन्द्रमा कीटनाशक र ढुसीनाशक विषादीको परीक्षण गरिदै आएको छ ।

विषादी परीक्षणमा ३५ प्रतिशतसम्म विषादी देखापरे खान मिल्ने, ३५ देखि ४५ सम्म विषादी देखिए केही दिन पर्खनुपर्ने र ४५ भन्दा माथि विषादी देखापरेमा नष्ट गर्नुपर्ने खड्काले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्