Logo
|
Saturday 20th April 2024
Logo

epaper

टाइफाइड ज्वरोः वर्षात् सँगै आउँछ



देशका विभिन्न ठाउँमा आएको बाढीका कारण खोला तथा मुलका पानीहरु दूषित भएका छन् । दूषित खाना र पानीका कारण टाइफाइडलगायतका धेरै रोगको प्रकोप बढेका समाचारहरु पनि आइरहेका छन् । आउनुस् जानौं के हो टाइफाइड ज्वरो ?

काठमाडौंको सिभिल सर्भिस हस्पिटलमा मात्र बार्षाद्को समयमा दैनिक करिब १५—२० जना टाइफाइडका बिरामी आउँछन् । त्यसमध्ये ४—५ जना गम्भीर प्रकृतिका हुने गर्छन् । कतिपय बिरामी बहिरङ्ग सेवा लिएर फर्किने गर्छन् भने कतिलाई अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्छ ।
टाइफाइडलाई नेपाली भाषामा आन्तरिक अर्थात आते ज्वरो पनि भनिन्छ । यो बर्षायाममा बढी हुने गर्छ । टाइफाइड सामान्यतया रोगीको दिसा, प्रदुषित खाना तथा पानीको माध्यमबाट सर्ने गर्दछ ।
टाइफाइड ज्वरो साल्मोनेला टाइफी प्रजातिको ब्याक्टेरियाको सङ्क्रमणका कारण हुने गर्छ । टाइफाइड पाराटाइफाइड ज्वरोसँग आउने आन्द्रासम्बन्धि रोग हो । साल्मोनोला टाइफीलाई कतै साल्मोनोला इन्टेरिका सेरोटाइप टाइफी पनि भनिन्छ । यो ब्याक्टेरिया मानिसको आन्द्रा तथा रगतमा बसेर बढ्ने गर्दछ ।

टाइफाइड कति जटिल छ ?
दुषित पानी तथा खानाका कारण टाइफाइड हुने गर्छ । टाइफाइडका ब्याक्टेरियाले पेट र पेटबाट कलेजोमा संक्रमण गरेपछि टाइफाइड देखापर्छ । यसमा ज्वरोको मात्र बढ्दै जान्छ । ज्वरो ९० फरेन्हाइट देखि १ सय पाँचसम्म पनि हुनसक्छ । यसले टाउको दुख्ने, वान्ता हुने, पेट दुख्ने जस्ता समस्या देखिनसक्छ । कोही कोहीमा कब्जियतको समस्या समेत देखिएको छ ।
टाइफाइड संक्रमण भएको पहिलो हप्तामा संक्रमण हल्का देखापर्छ भने दोस्रो हप्तामा संक्रमण बढ्दै जान्छ । समयमा औषधि उपचार नभएमा तेस्रो हप्तामा आन्द्रामा प्वाल पार्छ र चौथो हप्तामा भने टाइफाइडका कारण मेनिन्जाइटीस निमोनिया, इन्सेफलाइटिस हुनसक्छ । यसबाट व्यक्तिको मृत्युसमेत हुनसक्छ ।
लक्षण
सङ्क्रमणको ६ देखि तीस दिनपछि देखिने टाइफाइडका लक्षणहरू मन्ददेखि गम्भीर प्रकृतिकासम्म हुने गर्दछन् ।
टाइफाइड ज्वरो प्रायजसो बिस्तारै बढ्दै जान्छ । कमजोरी, पेट दुख्ने, कब्जियत तथा टाउको दुख्ने जस्ता लक्षण देखिने गरेको पाइन्छ । टाइफाइडका केही रोगीहरूको छालामा गुलाबी रङ्गको दाग देखा पर्नसक्छ । कुनै लक्षण नदेखाइकन पनि यो रोग शरीरमा प्रवेश गर्न सक्छ ।
लक्षण
सङ्क्रमणको ६ देखि तीस दिनपछि देखिने यसका लक्षणहरू मन्ददेखि गम्भीर प्रकृतिकासम्म हुने गर्दछन् ।
टाइफाइड ज्वरो प्रायजसो बिस्तारै बढ्दै जान्छ । कमजोरी, पेट दुख्ने, कब्जियत तथा टाउको दुख्ने जस्ता लक्षण देखिने गरेको पाइन्छ । टाइफाइडका केही रोगीहरूको छालामा गुलाबी रङ्गको दाग देखा पर्नसक्छ । कुनै लक्षण नदेखाइकन पनि यो रोग शरीरमा प्रवेश गर्न सक्छ ।
परीक्षण
टाइफाइड मानिसमा हुने रोग हो । टाइफाइडको पहिचानका लागि ब्याक्टेरियालाई प्रयोगशालामा कल्चर गर्ने वा रगत, दिसा वा हाडमाँसीमा ब्याक्टेरियाको डिएनए पहिचान गर्नुपर्छ ।
रोकथाम
टाइफाइडविरुद्धको खोप लगाएर दुई वर्षसम्म ३० देखि ७० प्रतिशत रोग लाग्नबाट बच्न सकिन्छ । टाइफाइडको उच्च जोखिममा रहेका वा प्रकोप रहेका स्थानहरूमा भ्रमणका लागि जानुभन्दा पहिला यो खोप लगाउन सुझाव दिइन्छ ।

टाइफाइडका जिवाणुहरु फोहर पदार्थमा रहने भएकाले दिसा पिसाप गरिसकेपछि राम्ररी सावुनपानीले हात धुने, घरवरपर सफा राख्ने, पानीलाई उमालेर अथवा सकेसम्म फिल्टर गरेर पिउने गर्नुपर्छ । यो रोगको उपचारका लागि चिकित्सिकको सिफारिसमा अजिथ्रोमाइसिन, फ्लुरोक्विनोलोन वा तेस्रो पुस्ताको सेफालोस्पिरिन जस्ता एन्टिबायोटिक औषधिको प्रयोग गर्नुपर्छ । अहिले संसारभर टाइफाइडका जीवणुमा एन्टिबायोटिक औषधिप्रति प्रतिरोध क्षमता विकसित भएको पाइएको छ । यसले टाइफाइडको उपचारलाई झनै अप्ठेरो बनाएको छ ।


टाइफाइडले शरीरको कुन अंगमा असर गर्छ ?
टाइफाइडले आन्द्रामा असर गर्छ । समयमा उपचार नपाएमा आन्द्रा प्वाल पर्नसक्छ । यसले कलेजोलाई पनि असर पार्नसक्छ । टाइफाइडले मिर्गौलालाई पनि असर गर्छ ।
बिरामीले के बुझ्नुपर्छ ?
नेपाली समाजमा टाइफाइडलाई खतरा रोगको रुपमा लिएको छ । हेर्दा यो सदैव देखिएको रोग जस्तो लाग्छ । तर हरेक साल अस्पतालहरुमा टाइफाइडका बिरामी बढिरहेको पाइन्छ । टाइफाइड जटिल रोग भएका बिरामीको ब्लड कल्चर गर्नुपर्छ । टाइफाइडप्रति चनाखो रहनुपर्छ । ज्वरो आएमा सिधै औषधि पसलबाट एन्टिबायोटिक किनेर सेवन गर्न हुँदैन । रोग पहिचान भएपछि चिकित्सकको सिफारिसमा औषधि सेवन गर्नुपर्छ ।  प्रस्तुतिः प्रविन राउत र दिपा कठायत

प्रतिक्रिया दिनुहोस्