Logo
|
Friday 29th March 2024
Logo

epaper

बाढीपीडितको स्वास्थ्य जाँच गदै डा.कोइराला



कांग्रेस केन्द्रिय सदस्य तथा डाक्टर शेखर कोइरालाले विराटनगर महानगरपालिका १९ बैजनाथपुरका बाढीपीडितको स्वास्थ्य जाँच गर्नु भएको छ ।

बाढी पश्चयात सर्वसाधरणको स्वास्थय अवस्था बुझन उहाँ मोरङका विभिन्न ठाँउमा पुगेका छन् । ‘बाढी प्रभावितको अवस्था दयनीय छ,’उहाँले भन्नु भयो ,‘प्रभावितहरुमा रुघाखोकी ,ज्वरो देखापरेको र झाडापखाला प्रकोपको रुपमा देखापरेको छ ।’

यसैगरी डा.कोइराला कांग्रेस नेत्री तथा आमा नोनाको नाममा खोलिएको नोना कोइराला स्मृति प्रतिष्ठानमार्फत स्वास्थ्य शिविरमा सहभागी भइरहनु भएको छ।

स्वास्थ्य शिविर सञ्चलनको लागि भनेर शुक्रबार साँझसम्म दाताहरुबाट ८ लाख मूल्य बराबरको औषधि प्राप्त गरेपछि शिविर सञ्चालन गर्ने बताँउनु हुदै डा.कोइरालले विराटनगर महानगरपालिकाका —४ र १९ वडाका पीडितको स्वास्थय जाँच भने गरिसकेको जानकारी दिनुभयो ।

त्यस्तै उहाँले बुधबार विराटनगर—१९ घिनाघाट उत्तर रहेको मुसहर बस्तीमा सञ्चालित स्वास्थ्य शिविरमा बिरामी जाँच्नु भएको थियो । यसैबीच महानगरको सबै वडामा शिविर राखेर सम्पूर्ण पीडितहरुको उपचार गर्ने उहाँको योजना रहेको छ ।

बाढीका कारण विस्थापित बन्न पुगेका पीडितहरुमा विभिन्न खालका रोगका कारण बिरामी पर्न थालेको छन् ।

प्रतिक्रिया दिनुहोस्