Logo
|
Saturday 20th April 2024
Logo

epaper

स्पाइन शल्यक्रियामा डा. गौरवको राज !



-हरेक वर्ष २ लाख ५० हजारदेखि ५ लाखको हाराहारीमा विश्वमा स्पाइनसम्बन्धि चोट लाग्ने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । सडक दुर्घटना र लडेर हुने स्पाइनको चोटका कारण धेरैको अकालमा ज्यान गइरहेको छ । बाँच्नेहरुले पनि अपाङ्गता भएर निकै कठिन जिवनयापन गर्नुपर्ने बाद्यता छ ।
-स्पाइन सर्जरी स्पेशलाइज्ड विधा हो । यसमा अनुभव र तालिमको महत्वपूर्ण भूमिका हुन्छ । सुपर स्पेशलाईज्ड सेवाबाट बिरामीलाई प्रभावकारी उपचार सेवा दिन सकिन्छ । स्पाइनका बिरामीलाई जोखिम घटाउन प्रक्रिया,प्रविधि र उपकरणको भूमिका महत्वपूर्ण हुन्छ ।

-ट्रम सेन्टरमा हालसम्म भएका १ सय ३० वटा स्पाइनसम्बन्धि मेजर सर्जरीमध्ये दुर्घटना र लडेर आएका घटना ६०—७० प्रतिशत रहेका छन् ।

-स्पाइन सर्जरीमा ग्यारेन्टी दिन सकिँदैन । जोखिमबाट बचाउन सक्दो प्रयास गर्नुपर्छ । स्पाइनमा धेरै किसिमका कम्प्लिकेसनहरु आउनसक्छन् । त्यसैले सर्जरी गर्नुपूर्व जोखिम कम गरेर शल्यक्रिया शुरु गर्नुपर्छ ।

-चालकको लापरबाही, सार्वजनिक सवारी साधनमा ओभर लोड यात्रु राख्ने आदिका कारण दुर्घटना बढाइरहेको छ । त्यसैले सरकारले प्रभावकारी सडक नियम बनाउन जरुरी छ । अन्यथा स्पाइन इन्जुरीको समस्या कम गर्न गाह«ो हुन्छ ।

उनको नाम जस्तो काम पनि उस्तै छ । हामी सबैका लागि साँच्चै गौरव पनि हुन् । स्पाइनको शल्यक्रियामा डा.गौरव राज ढकाल युवा पुस्ताका प्रभावशाली शल्य चिकित्सक हुन् । निजी अस्पतालहरुमा उनको निकै माग छ । तर सरकारी स्तरबाट अति न्यून शुःल्कमा सेवा दिन उत्साहित छन् । डा. गौरवले नेशनल ट्रमा सेन्टरबाट बिरामीलाई सेवा दिइरहेका छन् ।
नेपालमा स्पाइन समस्या भएका बिरामीहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । यसमा सडक दुर्घटना, रुख, भिर आदिबाट खस्ने समस्यालाई मुख्य मानिएको छ । यसरी हुने स्पाइन समस्याबाट करिब ५० प्रतिशत बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । उमेर बढ्दै जाँदा हुने रोग (डिजेनेरेटिभ), नसा च्यापिने (डिक्स प्रोल्याप्स), स्पाइन क्यान्सर, कम्मर ढाड बाङ्गिने (स्कोलियोसिस) आदिका कारण ५० प्रतिशत स्पाइनको समस्या हुने गरेको छ । स्केलेरोसिस समस्या धेरैजसो बच्चाहरुमा देखिने गरेको छ ।
हाम्रो देशमा गाडी, सडकको अवस्था निकै नाजुक छ । चालकको लापरबाही, सार्वजनिक सवारी साधनमा ओभर लोड यात्रु राख्ने आदिका कारण दुर्घटना बढाइरहेको छ । त्यसैले सरकारले प्रभावकारी सडक नियम बनाउन जरुरी छ । अन्यथा स्पाइन इन्जुरीको समस्या कम गर्न गाह«ो हुन्छ । सिटबेल्ट लगाउँदा पनि केही मात्रामा स्पाइन इन्जुरीको समस्या न्यूनिकरण गर्न सकिन्छ ।
गाउँघरतिर रुख चढेर घाँसपात गर्दा खस्ने, रातिको समयमा भिरबाट लडेर स्पाइनको समस्या आउनसक्ने भएकाले यसप्रति सजग र सचेत हुनुपर्छ । यसबाट स्पाइन इन्जुरी न्यूनिकरण सकिन्छ ।

स्पाइन के हो ?
टाउकाको पछाडिको भाग गर्दनदेखि तल मेरुदण्डको पुच्छरको हड्डीसम्मको भाग स्पाइन हो । यसलाई मेरुदण्ड पनि भनिन्छ । मेरुदण्डका हड्डीका मांसपेशी (प्यारास्पाइनल मसल्स ) र स्पाइनल कर्ड (मेरुदण्डको नसा) बाट निस्किएका नसाका हाँगा गर्दनदेखि तल कम्मरसम्म पुगेका हुन्छन् । गर्दनसम्म पुगेको नसाको हाँगाले हात चलाउने र कम्मर सम्म पुगेको हाँगाले गोडाहरु चलाउने काम गर्छ । समग्रमा यस किसिमको प्रक्रियालाई स्पाइन भनिन्छ । मेरुदण्डको सबैभन्दा भित्र स्पाइनल कर्ड (नसा) हुन्छ । मेरुदण्डको नसाको वरिपरि पानी हुन्छ जसलाई सिएसएफ भनिन्छ । त्यसको वरिपरि कभर हुन्छ जसलाई ड्यूरा भनिन्छ ।
कसरी हुन्छ स्पाइन समस्या ?
सवारी दुर्घटना, रुख वा भिरबाट लडेको बेला मेरुदण्डको कुन भागको हड्डीमा चोट लाग्छ भनेर कुनै नजर अन्दाज गर्न सकिदैन । गर्दन (सर्विकल स्पाइन) मा चोट लागेमा बिरामीको हातखुट्टा चल्दैन । यसलाई जटिल अवस्थाको समस्या मानिन्छ किनभने उपचारपछि हातखुट्टा चल्ने वा नचल्ने भन्ने कुनै ठेगान हुँदैन । तल्लो फेदको हड्डी भाँचिएको अवस्थामा हात चल्छ तर खुट्टा प्यारालाइसिस हुने संभावना हुन्छ । मेरुदण्डको हड्डी भाँचिए पनि नसामा खासै समस्या नभएमा बिरामीलाई शत्प्रतिशत समस्यामुक्त गराउन सकिन्छ ।
स्पाइन शल्यक्रियामा अनुभव र क्षमता
स्पाइन उपचार गर्ने विशेषज्ञ वा शल्यचिकित्सकमा सम्वन्धित बिषयमा गहन अध्ययन र दक्षता हाँसिल गरेको अनुभव हुनुपर्छ । अनिमात्र बिरामीले प्रभावकारी उपचार सेवा प्राप्त गर्न सक्छ । अर्थोपेडिक र न्यूरो सर्जन दुवैले स्पाइन सर्जरीमा विशेषज्ञता हाँसिल गर्न सक्छन् । तर जे भएपनि स्पाइनमा केन्द्रित भएर दक्षता हाँसिल गरेको डाक्टरले मात्र सम्बन्धित समस्यामा केन्द्रित भएर उपचार सेवा दिनसक्छ । हरेक पटकको बिरामीको उपचार गर्दा प्राप्त हुने नयाँ ज्ञान र सिपका कारण बिरामी र चिकित्सक दुवै लाभान्वित हुनुका साथै सिंगो राष्ट्रका लागि समेत गौरवको विषय हुन्छ ।
महँगो उपचार
स्पाइनको समस्या भएका बिरामीले निजी स्वास्थ्य संस्थामा गएर उपचार गराउन ठूलो धनराशी खर्च गर्नुपर्छ । न्यून आर्थिक क्षमता भएकाहरुमा यो संभव पनि हुँदैन । स्पाइन इन्जुरीको उपचारमा प्रयोग गर्नुपर्ने उपकरण र इम्प्लान्टस् महँगा छन् । एउटा इम्प्लान्टको मूल्य न्यूनतम ५० हजारदेखि तीन लाख रुपियाँसम्म पर्छ । स्पाइन उपचारपछि आवश्यक पुनस्र्थापना (रिह्याविलिटेसन) सेवा पनि महँगो छ । त्यसैले सरकारी स्वास्थ्य संस्थाहरुलाई व्यवस्थित र प्रतिस्पर्धी बनाएर यस किसिमको उपचार सेवा सरकारी अस्पतालबाट नै प्रदान गरिनुपर्छ । यसैमा सबैको भलाइ छ । समग्र मुलुकको स्वस्थ्य सरकारी अस्पतालमा निर्भर हुन्छ ।

डिसेन्ट्रिलाइज हेल्थ/आइडेन्टिफिकेसन अफ म्यानपावर
नेशनल ट्रमा सेन्टरमा नियमित स्पाइनको शल्यक्रिया उपचार शुरु भएको एक वर्ष भएको छ । यस अवधिमा एक सय जनाको स्पाइनको मेजर सर्जरी सम्पन्न भइसकेको छ ।
स्पाइनको समस्या लिएर बहिरङ्ग विभागमा आउने बिरामीको संख्या पनि बढिरहेको छ । सेन्टरमा नियमित हप्ताको ४ दिन स्पाइनको सर्जरी हुने गर्छ । २ दिन स्पाइनको बहिरङ्ग सेवा सञ्चालन हुन्छ । स्पाइन उपचारमा टिमको जरुरत पर्छ । ट्रमा उपचारमा यस सेन्टरलाई दक्षिण एसियाकै उत्कृष्ट बनाउन सकिन्छ । यसका लागि राज्यले २ वटा काम गर्नुपर्छ । एउटा स्वास्थ्य सेवा विकेन्द्रिकरण हुनुपर्छ । जस्तोः झापाको व्यक्तिले झापामा र कर्णालीको व्यक्तिले कर्णालीमा उपचार सेवा प्राप्त गर्न सक्नुपर्छ । अर्को कुरा सुपर स्पेसलाइज चिकित्सक पहिचान गरेर राज्यले सम्बन्धित ठाउँमा पठाउने प्रावधान बनाउनुपर्छ । अन्यथा दक्ष जनशक्ति निजी क्षेत्रतिर पलायन हुँदै जान्छ र देशलाई फाइदा हुन सक्दैन । यद्यपी पहिलो डिसेन्ट्रिलाइज हेल्थ र दोस्रो आइडेन्टिफिकेसन अफ म्यानपावरमा राज्यले जोड दिनुपर्छ ।
वान फिप्थ कम मूल्यमा उपचार
निजी अस्पतालको तुलनामा सरकारी अस्पतालमा वान फिप्थ कम मूल्यमा स्पाइन उपचार सेवा प्रदान भइरहेको छ । राज्यले स्पाइन इन्जुरीका बिरामीलाई एक लाख रुपियाँ सहुलियत दिन शुरु गरेको छ ।

डा. गौरवबारे जानकारी

डा. गौरवले दार्जिलिङबाट एसएलसीसम्मको अध्ययन गर्नुभयो । प्लस टू भारतको मसुरीबाट गरेपछि पोखराको मनिपाल मेडिकल कलेजबाट सन् २००४ मा एमबीबीएस र सन् २००९ मा काठमाडौं विश्वविद्यालयबाट अर्थोपेडिकमा एमएस गर्नुभयो । ३ वर्षजति त्यहीँ काम गर्नुभयो । सन् २०१२—२०१४ मा कलकत्ताको पार्क क्लिनिकमा स्पाइनसम्बन्धि सुपर स्पेशियालिटी तालिम (फेलोसिप) लिनुभएका डा. गौरवले २०१४ अप्रिलबाट काठमाडौंमा स्पाइन शल्यक्रिया सेवा शुरु गर्नुभएको हो । पछिल्लो समयमा अमेरिका, स्वीडेन र जापानबाट एड्भान्सन्ड स्पाइन ट्रेनिङ, लिनुभएको छ । उहाँ स्पाइन सर्जरी मात्र गर्नुहुन्छ । अहिलेसम्म १ सय ५० देखि २ सय स्पाइन सर्जरी गरिसक्नुभएको छ । यसमध्ये १ सय जटिल प्रकृतिका छन् । मुलुकमा अत्याधुनिक स्पाइन सेन्टर खोलेर हरेक वर्गलाई सुलभ मुल्यमा गुणस्तरीय सेवा दिने डा. गौरवको भावी योजना छ ।

प्रतिक्रिया दिनुहोस्