Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

मिर्गौला रोगीको संख्यामा यसरी कमी ल्याउन सकिन्छ



मिर्गौला रोगको उपचार सेवामा समर्पित सिनियर डाक्टर पुष्कर राज सत्यालको नेतृत्वमा बि.सं.२०३९ सालमा नेपालमा पहिलोपटक वीर अस्पतालमा मिर्गौला रोगको बहिरङ्ग सेवा शुरु भयो । त्यसैले डा. सत्याललाई फादर अफ नेफ्रोलोजी भन्ने गरिन्छ । बि.सं. २०४५ सालको दशैंताका हेमोडायलाइसिस सेवा शुरु भयो । छिमेकी राष्ट्र भारत सरकारले वीर अस्पताल ओपिडी भवन निर्माणपछि हस्तान्तरण गरेको समयमा प्रदान गरेका उपकरणहरुबाट सेवा सुरु गरिएको थियो । त्यसपछि बि.सं. २०४६ सालदेखि वीरमा मिर्गौला उपचारको विशेषज्ञ युनिट सञ्चालनमा आएको पाइन्छ
त्यो बेला कसैकसैले पेटमा विशेष पानीको माध्यमबाट गरिने क्याप्ड (सिएपिडी) डायलाईसिस सेवा सञ्चालन गरेको पाइन्छ । तत्कालीन शाही औषधि लिमिटेडले बनाएको पीडी फ्ल्यूडको प्रयोगबाट धेरै बिरामीको ज्यान जोगिएको थियो । नेपालको जेठो वीर अस्पतालबाट शुरु गरिएको डायलाईसिस सेवा क्रमशः त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, बीरेन्द्र सैनिक अस्पतालमा विस्तार हुँदै गयो ।
त्यसपछि हेल्थ केयर फाउण्डेशन नेपाल गै¥ह« सरकारी संस्थाले सञ्चालनमा ल्याएको राष्ट्रिय मिर्गौला उपचार केन्द्रले डायालिसिस सेवा शुरु ग¥यो । यहाँबाट नेपाल सरकारले बि.सं. २०६५—६६ बाट जेष्ठ नागरिक र लोपोन्मुख जाति र २०६६—६७ देखि हेपाटाइटिस बी, सी तथा एचआईभी पीडितहरुलाई दिइएको निःशुल्क डायलाईसिस सेवाले विशेष महत्व राख्छ ।


त्यसपछि क्रमिक रुपमा जन आन्दोलनबाट स्थापित सरकारले विपन्न नागरिकका लागि ५० हजार रुपियाँको सीमाभित्र निःशुल्क डायलाईसिस सेवा शुरु ग¥यो । त्यसको केही समयपछि सहुलियत रकम बढाएर एक लाख रुपियाँ पु¥याइयो । त्यसको केही समयपछि सरकारले मिर्गौला फेल भएका विपन्न बिरामीलाई तोकिएको सरकारी अस्पतालहरुबाट एक वर्षसम्म हप्तामा दुईपटक निःशुल्क डायलाईसिस सेवा दिने निर्णय ग¥यो । यसका साथै तत्कालीन मूख्य सचिव लिलामणी पौडेल, स्वास्थ्य सचिव डा. प्रविण मिश्र, विशेषज्ञ चिकित्सक डा. तिर्थराज बुर्लाकोटीको पहलमा तोकिएका सरकारी, गै¥ह« सरकारी, निजी सबै स्वास्थ्य निकायले डायलाईसिस सेवा दिन पाउने ऐतिहासिक निर्णय भयो ।
एक वर्षसम्म डायालिसिस निःशुल्क पाएपछि मिर्गौला फेल भएका बिरामी र उनीहरुका आफन्तले गरेको आन्दोलनका कारण दुई वर्षसम्म निशुल्क डायालिसिस सेवा दिने म्याद बढाइयो । नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओली सरकारले मिगौला फेल भएका सबै नेपालीलाई आजिवन निःशुल्क डायलाईसिस सेवा दिने निर्णय ग¥यो । ओली मिर्गौला प्रत्यारोपण गरेका व्यक्ति पनि हुन् ।
पूर्व स्वास्थमन्त्री गगनकुमार थापाले वैशाख महिनादेखि सबै मिर्गौला फेल भएका बिरामीहरुको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने ऐतिहासिक निर्णय गरेपछि अहिले निःशुल्क मिर्गौला प्रत्यारोपण भइरहेको छ । यसअघि हप्तामा ३ पटक डायालिसिस सेवा निःशुल्क, प्रत्यारोपण गर्न २ लाख रुपियाँ सहुलियत र प्रत्यारोपणपश्चात् खाने औषधिका लागि १ लाख रुपियाँ दिने निर्णय गरेको थियो । यसबाट विपन्न नागरिकले डायलाईसिस सेवा निःशुल्क पाएपनि प्रत्यारोपण र त्यसपछिको औषधि खर्च आफैले जुटाउनुपर्ने बाद्यता थियो ।

रोकथामका कुरा
बढ्दो उच्चरक्तचाप, मधुमेह, अत्यधिक मोटोपना, अस्वस्थकर खानपान र जीवनशैली, शारीरिक व्यायामको अभाव आदिका कारण मिर्गौलाका बिरामी बढिरहेका छन् । दुःखाई कम गर्ने औषधिको अनियन्त्रित सेवन, कडा औषधिको अत्यधिक प्रयोग आदि रोग बढाउने कारक तत्व मानिन्छ ।
सरकारको एकिन तथ्याङ्ग नभएपनि लगभग ३ करोड नेपाली जनतामध्ये ३० लाखमा कुनै न कुनै किसिमको मिर्गौलाको समस्या हुनेसक्ने अनुमान छ । यसमध्ये १० प्रतिशतको मिर्गौला बिग्रन थालेको, १० प्रतिशतको धेरै मिर्गौला बिग्रेको, डायलाईसिस सेवा नपाए १० प्रतिशत मर्ने अवस्थाका बिरामी छन् । डायलाईसिस वा प्रत्यारोपण सेवाको आवश्यकता पर्ने बिरामीको संख्यामा कमी ल्याउन मिर्गौला रोग लाग्न नदिन जनचेतना व्यापक गराउन जरुरी देखिन्छ । अन्यथा सरकारले मिर्गौलाको पूर्ण उपचार निःशुल्क गर्न सक्ने देखिँदैन । त्यसैले प्रत्येक नागरिकले बेलाबेलामा मिर्गौला जाँच गर्नुपर्छ ।
ड्ड मिर्गाैला स्वास्थ राख्न प्रत्येक व्यक्तिले दैनिक २—३ लिटर पिसाब हुने किसिमले पानी पिउने
ड्ड स्वस्थ रहन दैनिक न्यूनतम १० हजार पाइला हिड्ने सल्लाह अमेरिकन हार्ट एशोसियसनले दिएको छ । मिर्गौला स्वस्थ्य राख्न यो हिँडाईलाई निरन्तरता दिने
– योग, व्यायाम, खेलकूदले मिर्गौला स्वस्थ राख्न मद्धत गर्छ । चुरोट, खैनी, सूर्ति सेवनले क्यान्सर मात्र नभई मिर्गौला रोग लाग्न र बढाउन मद्दत गर्छ । त्यसैले धुम्रपान नगर्ने
– फास्टफूड र प्याकेट फूड, रातो मासु नखाने
-मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा राख्ने
– पेन किलर औषधि आफूखुशी नखाने
-वर्षमा एकपटक मिर्गौलाको अवस्था पहिचान गर्न रगतमा क्रियाटिनिन र पिसाबमा अल्बुमिन (प्रोटिन) जाँच्ने आदि ।

 

प्रतिक्रिया दिनुहोस्