Logo
|
Friday 29th March 2024
Logo

epaper

बाढीपीडित दुर्गन्धित पानी पिउन बाध्य



हालै आएको बाढी पहिरोका कारण प्रभावित भएका सप्तरीको सकरपुरावास दुर्गन्धित पानी पिउन बाध्य भएका छन् ।

साविकको सकरपुरा गाविस हाल तिलाठी कोइलाडी गाउँपालिका वडा नं ३ का झण्डै एक हजारभन्दा बढी परिवार खानेपानी ट्युबवेल बाढीमा पुरिएको र ट्युबवेलको पानीमा लेदो आउन थालेपछि उनीहरू स्वक्छ पानी खानबाट वञ्चित भएको स्थानीयवासीले गुनासो गरेका छन् ।

अहिले सो ठाउँमा रहेको ट्युबवेलले सफा पानी दिन छोडेपछि बाढीपीडित दुर्गन्धित पानीबाटै खाना पकाउन बाध्य भएको बाढीपीडितको भनाइ रहेको छ ।

त्यहाँ बाढीका कारण अधिकांश व्यक्तिको घरमा रहेको ट्युबवेल बाढीले डुबाउँदा हजारौँ व्यक्ति सो लेदो भएको दुर्गन्धित पानी खान बाध्य भएको सवल नेपालका शुभनारायण यादवले बताउनुभयो ।

दुर्गन्धित पानी खाएकै कारण अहिले सो क्षेत्रका बाढीपीडित बिरामी पर्न थालेका छन् । बाढीपीडितमा झाडापखाला, निमोनिया, रुघाखोकी, आँखा पाक्ने, घाँटी दुख्ने र विभिन्न नदी र नालाबाट भासेर आएका सर्पका कारण सर्प टोक्नेलगायतका समस्या रहेको पाइएको यादवले बताउनुभयो ।

यसैबीच त्यहाँ केही परिवारका लागि पानी शुद्धीकरण गर्ने पिल्स वितरण गरे पनि अधिकांश बाढीपीडित परिवारलाई नपुगेका कारण उनीहरू अहिले दुर्गन्धित पानीको प्रयोग गर्न बाध्य रहेको गुनासो पाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्