Logo
|
Friday 29th March 2024
Logo

epaper

शाकाहारबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै



काठमाडौँमा शाकाहारबारे अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

नेपाल शाकाहारी संघको आयोजनामा यही भदौ २३ देखि २५ गते सम्मेलन चल्ने बताइएको छ । यो स्तरको शाकाहारी सम्मेलन नेपालमा पहिलोपटक हुन लागेको हो । नेपाल शाकाहारी संघका अध्यक्ष हरिकुमार सिलवालका अनुसार उक्त सम्मेलनसँगै शाकाहारी खाना महोत्सवको समेत आयोजना हुनेछ ।

सम्मेलन एसिया प्यासिफिक भेजेटेरियन कंग्रेसको आठौँ संस्करण हो । सम्मेलनमा करिब ३०० जना राष्ट्रिय प्रतिनिधि, १५० अन्तर्राष्ट्रिय प्रतिनिधि र १० हजारको सहभागिता रहने अनुमान रहेको सिलवालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गौतम बुद्धको जन्मभूमि र शिवजीको तपोभूमिसमेतमा शाकाहारबारे यत्रो सम्मेलन हुनु हाम्रा लागि गौरवको विषय हो ।”

कार्यक्रममा डाक्टरहरूद्वारा स्वास्थ्य परामर्श, विद्यार्थीहरूबीच दया, करुणा र प्राणी अधिकार विषयमा पोष्टर, कविता तथा वकृत्वकला प्रतियोगिता, शाकाहारी स्वस्थकर परिकारहरूको पाककला प्रदर्शनीलगायतका विविध सांस्कृतिक कार्यक्रमहरू हुने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्