Logo
|
Thursday 28th March 2024
Logo

epaper

छाला, पेट र स्वासप्रश्वास सम्बन्धी समस्या



सर्लाहीकोे गोडैता नगरपालिकामा बाढीपीडितका लागि लक्षित गरी शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनुका साथै राहत वितरण गरिएको छ ।

स्वास्थ्यकर्मी युनियन नेपालको प्राविधिक तथा हिमालयन केयर हेण्ड नेदरल्याण्डको आर्थिक सहयोगमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ६६५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

शिविरमा छाला, पेट र स्वाशप्रश्वास सम्बन्धी समस्या रहेका बिरामीको संख्या बढी भेटिएको चिकित्सकले जानकारी दिनुभयो ।

शिविरमा सातजना विशेषज्ञ चिकित्सक र १५ स्वास्थयकर्मीले स्वास्थ्य सेवा प्रदान गर्नुभएको स्वास्थ्यकर्मी युनियन नेपालका अध्यक्ष जगत नेपालीले जानकारी दिनुभयो ।

शिविरमा एक लाख ६२ हजारको औषधि निःशुल्क वितरण गरिनुका साथै लत्ताकपडा र खाद्यान्न वितरण गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्