Logo
|
Thursday 25th April 2024
Logo

epaper

धनगढीमा अत्याधुनिक आँखा अस्पताल



धनगढीमा झण्डै रु दुई करोडको लगानीमा अत्याधुनिक सेवा सुविधासहितको धनगढी नेत्रालय (आँखा अस्पताल) शनिबारदेखि सञ्चालनमा आएको छ ।

पच्चीस श्ययाबाट सुरुआत गरिएको उक्त अस्पतालमा मोतीविन्दु, जलविन्दु, मासु बढेकोलगायत आँखासम्बन्धी सम्पूर्ण रोगको उपचार तथा शल्यक्रिया गरिने सो अस्पतालका प्रबन्ध निर्देशक गजेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । गेटा आँखा अस्पतालका पूर्वनिर्देशक विद्या पन्त, धर्मानन्द अवस्थी र गजेन्द्रबहादुर चन्दको संयुक्त लगानीमा आँखा अस्पताल सञ्चालन गरिएको जनाइएको छ ।

पूर्वनिर्देशक पन्तका ९८ वर्षीय बुबा चूडामणिको आँखा परीक्षण गरेर अस्पतालले सेवा प्रारम्भ गरेको हो । उद्घाटनको दिन १० आँखा रोगीको निःशुल्क उपचार गरिएको अस्पतालले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्