Logo
|
Friday 19th April 2024
Logo

epaper

अर्घाखाँचीः भाइरल ज्वरोका बिरामीको चाप तेब्बर



अर्घाखाँचीमा पछिल्लो समयमा भाइरल ज्वरोका बिरामीको संख्या ह्वात्तै बढेको छ ।

जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ । भाइरल ज्वरोका बिरामीको संख्यामा पछिल्लो एक हप्तामा तेब्बरले वृद्धि भएको जिल्ला अस्पतालले जनाएको छ ।

हाल दैनिकरुपमा जिल्ला अस्पतालको ओपिडीमा १२० देखि १५० भन्दा बढी र इमर्जेन्सीमा दैनिक ५० देखि ७० जना गरी २०० देखि २२० जना भाइरलका बिरामी अस्पतालमा आउने गरेको जिल्ला अस्पतालका डा जगन्नाथ तिवारीले बताउनुभयो । १५ श्ययाको जिल्ला अस्पतालमा भुईंमा तथा बेन्चमा गरी ४० जनाको भर्ना गरेर उपचार गरिरहेको उहाँको भनाइ छ ।

जिल्ला अस्पताल सँगसँगै, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र गाउँगाउँमा रहेका निजी क्लिनिकमा विशेष गरी भाइरल ज्वरोका बिरामी धेरै रहेका छन् ।

अहिले देखिएको समस्या मौसमी भएको भन्दै डा तिवारीले मास्क लगाएर हिँड्न, साबुन पानीले हात धुन र भीडभाडमा नजान आग्रह गर्नुभएको छ । भाइरलको शंका लागेमा स्वास्थ्य संस्थामा पुगेर उपचार गर्न, तातो र झोल वस्तु खान र आराम गर्न उहाँले सुझाव दिनुभएको छ ।

वर्षापछिको वातावरणसँगै दूषित पानीले स्वास्थ्य समस्या निम्त्याएको भन्दै तिवारीले स्वास्थ्यमा खेलबाड नगर्न बिरामीलाई आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्